+
+
Shares

बैंकहरूले साउन १५ सम्म उठेको ब्याज नाफामा देखाउन पाउने

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३२ गते १२:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई साउन १५ सम्म उठेको ब्याजलाई चालु आर्थिक वर्षकै नाफामा गणना गर्न पाउने विशेष व्यवस्था गरेको छ।
  • केन्द्रीय बैंकको निर्देशन अनुसार १५ दिनभित्र प्राप्त भएको ब्याज रकमलाई सञ्चित नाफाबाट घटाउन नपर्ने व्यवस्था कार्यान्वयनमा आएको छ।
  • अन्य प्राप्त हुन बाँकी ब्याज आम्दानीमा आयकर र बोनस कट्टा गरी बाँकी रकम नियमनकारी कोषमा जम्मा गर्नुपर्ने प्रावधान तोकिएको छ।

३२ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई साउन १५ सम्म उठेको ब्याजलाई चालु वर्षकै नाफामा गणना गर्न पाउने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले सो अवधिको ब्याज आम्दानीलाई सञ्चित नाफाबाट घटाउन नपर्ने व्यवस्था गरेको हो ।

नेपाल वित्तीय प्रतिवेदन मानअनुसार बैंक तथा वित्तीय संस्थाले पाकेको तर उठ्न बाँकी ब्याजलाई पनि आम्दानी देखाइ कर तथा नियामकीय सञ्चितिको व्यवस्था गर्नुपर्छ । केन्द्रीय बैंकले दिएको समयावधि साउन १५ सम्म उठेको ब्याजलाई पनि चालु आर्थिक वर्षकै आम्दानी मानेर नाफामा समेत सार्न मिल्ने व्यवस्था गरेको हो ।

बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकको निर्देशन बमोजिम प्रोदभावी आधारमा लेखाङ्कन गरिने ब्याज आम्दानीमध्ये आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र प्राप्त भएको ब्याज रकम सञ्चिति नाफाबाट घटाउनु पर्दैन ।

तर, त्यो बाहेकका अन्य प्राप्त हुन बाँकी ब्याज आम्दानी बराबरको रकममा प्रचलित व्यवस्थाअनुसारको आयकर, कर्मचारी बोनस तथा वैधानिक कोषमा जम्मा गरेको रकम कट्टा गरी बाँकी रकमलाई सञ्चित मुनाफा खर्च गरी नियमनकारी कोषमा जम्मा गर्नु पर्नेछ । उक्त ब्याज रकम प्राप्त हुन आएमा नियमनकारी कोषबाट सञ्चित नाफामा फिर्ता हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?