+
+
Shares

प्रेमकथामा फिल्म ‘आकाश वर्षा’ निर्माण हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३२ गते १२:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्माता जनक घर्तीमगरले प्रेमकथामा आधारित नयाँ फिल्म ‘आकाश वर्षा’ निर्माण गर्ने घोषणा गरेका छन् ।
  • सुदीप भजुले निर्देशन गर्ने उक्त फिल्मको पटकथा अमीर मगरले लेख्ने भएका छन् ।
  • आरआर फिल्मस्ले यो फिल्मलाई देशव्यापी रूपमा वितरण गर्ने जिम्मा लिएको छ ।

काठमाडौं । प्रेमकथामा आधारित फिल्म ‘आकाश वर्षा’ निर्माण हुने भएको छ । यसअघि ‘घरज्वाइँ’ र ‘मितज्यू’ फिल्ममा लगानी गरेका जनक घर्तीमगरले नयाँ प्रोजेक्ट घोषणा गरेका हुन् ।

यो फिल्मलाई सुदीप भजुले निर्देशन गर्नेछन् । घोषणा पोस्टरमा आकाशबाट वर्षा भैरहेको देखाइएको छ । पृष्ठभूमिमा बादल, वर्षा र पहाडहरू देखिन्छ ।

निर्माता मगरले यो फिल्म प्रेमकथामा बन्ने बताए । अभिनय गर्ने कलाकार र प्राविधिकबारे खुलाइएको छैन । पछिल्लो समय प्रेमकथामा आधारित फिल्मको निर्माण न्यून भैरहेको बेलामा मगर सोही जनराको फिल्म लिएर आउन लागेका हुन् ।

पटकथा अमीर मगरको हुनेछ । यो फिल्मलाई आरआर फिल्मस्ले देशव्यापी वितरण गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?