+
+
Shares

गायक चौलागाईं अमेरिकामा जर्सी सिटी काउन्सिलद्वारा सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३२ गते १२:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाको जर्सी सिटी काउन्सिलले पाश्र्वगायक तथा संगीतकार युवराज चौलागाईंलाई नेपाली संगीत र संस्कृतिमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरेको छ ।
  • सिटी हलमा आयोजित समारोहमा आयुक्त विष्णुमाया परियारले चौलागाईंलाई दुई दशक लामो सांगीतिक यात्राको कदर गर्दै सम्मानपत्र प्रदान गर्नुभयो ।
  • चौलागाईंले नेपाली चलचित्र तथा समकालीन विधामा चार सयभन्दा बढी गीतमा योगदान पुर्‍याउनुभएको भन्दै उहाँलाई एक स्थापित कलाकारका रूपमा सम्मान गरिएको हो ।

काठमाडौं । अमेरिकाको न्युजर्सीस्थित जर्सी सिटी काउन्सिलले पाश्र्वगायक तथा संगीतकार युवराज चौलागाईंलाई नेपाली संगीत, संस्कृति र प्रवासी नेपाली समुदायमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरेको छ ।

काउन्सिलले नेपाली संगीतको समकालीन यात्रामा एक प्रभावशाली र प्रेरणादायी व्यक्तित्वका रूपमा उनलाई चित्रण गरेको छ । सिटी हलमा आयोजित समारोहमा जर्सी सिटीकी ‘विविधता र समावेशीकरण सल्लाहकार’ एवं गभर्नरको ‘एसियन अमेरिकन प्यासिफिक आइल्यान्डर कमिसन’की आयुक्त विष्णुमाया परियारले सम्मानपत्र प्रदान गरिन् ।

काउन्सिलम्यान-एट-लार्ज रोलान्डो लभारोले हस्ताक्षर गरेको सम्मानपत्रमा चौलागाईंले दुई दशकभन्दा लामो समयदेखि नेपाली संगीत क्षेत्रमा पुर्‍याएको योगदानलाई विशेष रूपमा उल्लेख गरिएको छ ।

नेपाली चलचित्र तथा समकालीन संगीत विधामा गरी ४०० भन्दा बढी गीत रेकर्ड गराइसकेको चर्चा गर्दै, यस ऐतिहासिक उपलब्धिले उहाँलाई नेपाली संगीत जगतमा एक स्थापित र सम्मानित कलाकारका रूपमा प्रमाणित गरेको पत्रमा उल्लेख छ ।

न्यूयोर्कबाट प्रकाशित हुने स्थानीय सञ्चारमाध्यम ‘नेपयोर्क’को चौथो वार्षिकोत्सवको अवसर पारेर सम्मान प्रदान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?