+
+
Shares

अविरल वर्षापछि सडकमा बाढी, डुब्यो माइतीघर क्षेत्र (तस्वीरहरू)

बिहीबार दिउँसो परेको अविरल वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्र डुबानमा परेको छ ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८३ असार ३२ गते १६:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बिहीबार दिउँसो भएको अविरल वर्षाका कारण काठमाडौंका माइतीघर लगायतका विभिन्न क्षेत्र डुबानमा परेका छन्।
  • सडक डुबानमा परेपछि सवारी साधनहरू बीचबाटोमै अलपत्र परेका छन् भने यातायात आवागमन अस्तव्यस्त बनेको छ।
  • नयाँ बानेश्वरबाट आउने सवारी साधनलाई बबरमहल क्षेत्रमा ट्राफिक प्रहरीले होल्ड गर्नुपरेको छ।

३२ असार, काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्र डुबानमा परेको छ ।

विशेषगरी माइतीघर क्षेत्र डुबानमा परेको हो । सो क्षेत्र भएर आवतजावत गर्ने सवारी साधनहरू होल्ड भएका छन् ।

नयाँ बानेश्वरतर्फबाट जाँदै गरेका सवारीलाई बबरमहल क्षेत्रमा होल्ड गरिएको छ । अहिले सो क्षेत्रमा ट्रापिक आवागमन अस्तव्यस्त बन्न पुगेको छ ।

बिहीबार दिउँसो केहीबेर काठमाडौंमा भारी वर्षा भएको थियो । यसअघि पनि काठमाडौंमा ठूलो वर्षा भएपछि विभिन्न क्षेत्रहरू डुबानमा पर्ने गरेको थियो ।

 

 

 

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?