+
+
Shares

उद्योगहरू सञ्चालनबारे जनताको आँखामा छारो हाल्ने काम भयो : सांसद तिमिल्सिना

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ४ गते १८:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद गोमादेवी तिमिल्सिनाले कृषि औजार कारखानाको विकासमा सरकारले आवश्यक सहयोग नगरेको आरोप लगाइन् ।
  • कारखाना हाल महावीर पुनको आत्मकथा बिक्रीबाट प्राप्त रकमले जेनतेन चलिरहेको जानकारी उनले गराइन् ।
  • उनले कपास खेतीको आधार तयार नगरी हेटौंडा कपडा उद्योग सञ्चालन गर्न नसकिने कुरा उल्लेख गरिन् ।

४ असार, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद गोमादेवी तिमिल्सिनाले कृषि औजार कारखानाको विकास र प्रवर्द्धनका लागि सरकारले आवश्यक सहयोग गरेको नदेखिएको बताएकी छिन् ।

सोमबार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै कृषकको दैनिक जीवनमा उपयोग हुने मेसिनहरू कृषि औजार कारखानाले निर्माण गरिरहेको भएपनि सरकारले आवश्यक सहयोग नगर्नु अत्यन्त दु:खदायी भएको बताइन् ,।

समितिले  मधेश तथा बागमती प्रदेशमा सञ्चालनमा रहेका उद्योग, कारखाना तथा राष्ट्रिय गौरवका आयोजनाको स्थलगत अनुमन गरेको थियो ।

अनुगमनको समिक्षा छलफलमा सहभागी भएका सांसद तिमिल्सिनाले विगतमा सरकारले प्रत्येक १० वर्षमा ५० करोड रुपैयाँ दिने शर्त भएपनि त्यसअनुसार सहयोग प्राप्त नभएको अनुगमनका क्रममा कारखानाले जानकारी दिएको पनि बताइन् ।

‘हामीले यहाँ उद्योग चल्छ भनेर ढ्वाङ पिटिरहेका छौँ । कपडा उद्योग त २०५७ सालदेखि बन्द भएको हो । त्यो चलाउनको लागि धेरै कुराहरू गर्नुपर्नेछ । कपास खेती गर्नुपर्‍यो । अहिलेसम्म कपास कतै पनि रोपिएको छैन । अनि कसरी चल्छ त ?,’ उनको प्रश्न थियो, ‘त्यही भएर उद्योगहरू सञ्चालनका सम्बन्धमा जनताको आँखामा छारो हाल्ने काम भएको छ । वास्तविकता बुझ्नको लागि हामीले स्थलगत अनुगमनमा नै जानुपर्छ भन्ने लाग्यो ।’

अहिले पनि कृषि औजार कारखाना विज्ञान तथा नवप्रवर्तनमन्त्री महावीर पुनको आत्मकथा बेचेको पैसाबाट चलिरहेको जानकारी समेत गराइन् । कपास खेतीको आधार तयार नगरी हेटौंडा कपडा उद्योग सञ्चालन गर्न नसकिने उनको भनाइ थियो ।

‘कृषि औजार कारखानालाई सरकारले पैसा दिएर चलाएको छ भनेर हामीले भनिरहेका छौं । तर यो कुरा यथार्थ चाँही होइन रहेछ । पहिले कारखानालाई प्रत्येक १० वर्षमा ५० करोड रुपैयाँ दिने सर्त रहेछ । तर एक करोड रुपैयाँ दश प्रतिशत ब्याजामा दिएको थियो,’ उनले भनिन्, ‘कारखानाले नलिएर फिर्ता गरेको रहेछ । अहिले अनुगमनको क्रममा उहाँहरूको भनाइहअनुसार महावीर पुनले किताब बेचेकै पैसा यहाँ हाल्नुभएको तथा जेनतेन गरेर कारखाना चलाइराखेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?