+
+
Shares

हेटौंडा कपडा उद्योगको अनुगमनमा संसदीय समितिले ध्यान दिओस् : सांसद परियार

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ४ गते १८:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सांसद पदम परियारले हेटौंडा कपडा उद्योगको स्थलगत अनुगमन नगरेको भन्दै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा आपत्ति जनाएका छन् ।
  • उनले सरकारले उद्योग सञ्चालनका लागि बजेट विनियोजन गरिसकेको अवस्थामा समितिले स्थलगत अध्ययन गरी आवश्यक सुझाव दिनुपर्नेमा जोड दिएका छन् ।
  • बैठकमा अन्य सांसदहरूले समेत मधेश र बागमती प्रदेशका उद्योग तथा राष्ट्रिय गौरवका आयोजनाबारे थप छलफल गरी सरकारलाई प्रतिवेदन बुझाउनुपर्ने धारणा राखेका छन् ।

४ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद पदम परियारले समितिले हेटौंडा कपडा उद्योगको स्थलगत अनुगमन नगरेकोप्रति आपत्ति जनाएका छन् ।

सोमबार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले यस्तो आपत्ति जनाएका हुन् ।

समितिले मधेश तथा बागमती प्रदेशमा सञ्चालनमा रहेका उद्योग, कारखाना तथा राष्ट्रिय गौरवका आयोजनाको स्थलगत अनुमन गरेको थियो ।

उक्त अनुगमनबारेको छलफलका क्रममा भाग लिँदै उनले सरकारले उक्त उद्योग सञ्चालनको लागि बजेट समेत विनियोजन गरिसकेको अवस्थामा उद्योगको अनुगमनगरी सरकारलाई आवश्यक सुझाव दिनुपर्नेमा समितिले त्यस्तो नगरेको भन्दै आपत्ति जनाए ।

‘अहिले सरकारले हेटौंडा कपडा उद्योग सञ्चालन गर्छौं भनेर त्यतिधेरै महत्व दिइरहँदा समितिले त्यो उद्योगको अनुगमन गर्न सकेन,’ उनले भने, ‘कृषि औजार कारखानाभन्दा त हेटौंडा कपडा कारखाना सरकारले नेपाली सेनालाई जिम्मा लगाएर सञ्चालनमा ल्याउँछु भनेको छ भने संसदको समिति त्यहाँ गएर त्यसको अनुगमन गर्नु उपयुक्त हुन्थ्यो होला नि त । यो विषयमा समितिले अगामी दिनमा विचार गरोस् भन्ने कुरा राख्न चाहन्छु ।’

बैठकमा बोल्ने अधिकांश सांसदहरुले बागमती र मधेश प्रदेशमा सञ्चालित कार्यक्रम तथा उद्योगहरुको अवस्थाबारे थप छलफल गरी सरकारलाई प्रतिवेदन बुझाउनुपर्ने धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?