+
+
Shares

हेटौंडा कपडा उद्योग चलाउन ३३ लाख निकासा

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २३ गते १३:२२
फाइल तस्वीर

२२ असार, काठमाडौं । हेटौंडा कपडा उद्योग चलाउनका लागि सरकारले ३३ लाख निकासा गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यो रकम निकासाका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको थियो । जसलाई अर्थ मन्त्रालयले सदर गरेर रकम निकासा गरेको हो ।

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले हेटौंडा कपडा उद्योग चलाउने सरकारको तयारी र यसको मोडालिटीबारे प्रश्न गरेका थिए । जवाफमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उद्योग चलाउन रकम निकासा भएको जानकारी दिएकी हुन् ।

मन्त्री चौधरीले भनेकी छन्, ‘कपडा उद्योगको हकमा ३३ लाख रुपैया निकासाका लागि अर्थ मन्त्रालयमा लेखी पठाएका छौं । त्यो रकम निकासा भइसकेको छ ।’

रकम निकासा भएसँगै काम अगाडि बढेको छ । मन्त्री गौरी कुमारीले भनेकी छन्, ‘त्यसको मर्मत कार्य अगाडि बढिसकेको छ । र त्यो केही महिनामै सञ्चालनमा आउने विश्वास दलाउन चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?