+
+
Shares

पछिल्लो १० वर्ष देश र कांग्रेसका लागि ‘काला’ दिन थिए : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ५ गते १६:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०७२ देखि २०८२ सम्मको दशकलाई पार्टी र राष्ट्रका लागि ‘अँध्यारो’ र ‘काला’ दिनको संज्ञा दिएका छन् ।
  • मंगलबार आयोजित कार्यक्रममा उनले पछिल्लो दशकमा सिद्धान्तभन्दा सत्ता र शक्तिको राजनीति हावी भएको आरोप लगाउँदै नागरिकका मुद्दा ओझेलमा परेको बताए ।
  • थापाले पछिल्लो १० वर्षको राजनीतिक अभ्यासले नयाँ पुस्तामा राजनीतिप्रति सकारात्मक सन्देश दिन नसकेको र आफू सिद्धान्तका लागि निरन्तर संघर्षरत रहेको उल्लेख गरे ।

५ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०७२ देखि २०८२ सालसम्मको दशक नेपाली कांग्रेस र मुलुक दुवैका लागि ‘अँध्यारो’ र ‘काला’ दिन भएको टिप्पणी गरेका छन् ।

मंगलबार काठमाडौंमा पार्टीका महामन्त्री गुरु घिमिरेद्वारा लिखित पुस्तकबुद्ध, वीपी र आजका नेता र लिलिपुटका लघुमानव विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले उक्त अवधीमा पार्टीभित्र र राष्ट्रिय राजनीतिमा समेत सिद्धान्तभन्दा सत्ता र शक्तिको राजनीति हावी भएको बताए । राजनीतिक दलका नेताहरूले सत्ता र शक्तिको लागि नागरिकका सबै समस्या र राष्ट्रिय मुद्दा सबै कुराको तिलाञ्जली दिएको आरोप पनि लगाए ।

‘२०७२ सालदेखि २०८२ सालसम्मको १० वर्ष नेपाली काँग्रेसको जीवनमा पनि र हाम्रो राष्ट्रिय जीवनमा पनि ती अध्याँरो वर्षहरू भए । ती काला दिनहरू भए । जसभित्र केवल सत्ता, सत्ता, सत्ता । शक्ति, शक्ति, शक्ति, । त्यसका निम्ति सम्पूर्ण कुराको तिलाञ्जली दिइयो,’ थापाले भनेका छन् ।

उनले आफू पार्टीको सिद्धान्तसँग अडिग रहेको कारण निरन्तर संघर्ष गर्दै यहाँसम्म आइपुगेको पनि बताए । उनले पछिल्ला १० वर्षको राजनीतिक अभ्यासले नयाँ पुस्तामा राजनीतिप्रति सकारात्मक सन्देश दिन नसकेको पनि बताए ।

‘म त सिद्धान्तको लागि सास्ती खानुपर्छ । असिद्धान्तको लागि आठ वर्ष झ्याल खाना बस्नुपरे पनि बस्छु, झुण्डिनुपरे पनि झुण्डिन्छु भन्ने कुरा पढेर, बुझेर र बनेर आएको कार्यकर्ता हो नि,’ थापाले भनेका छन्, ‘तपाईं पनि त्यही हो । हामी सबै त्यही हो । तर गएका दश वर्षभित्र कुनै अनवजवानले कहाँको काँग्रेसको कुरान गरेको भन्यो भने मले उसलाई के भन्ने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?