News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले शीतल निवासमा भेटवार्ता गर्नुभएको छ ।
- भेटका क्रममा आङ्देम्बेले समसामयिक राजनीतिक परिस्थिति, संसदीय गतिविधि तथा बाढीपहिरो प्रभावितको उद्धार र राहतबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको छ ।
- राष्ट्रपति पौडेलले राजनीतिक स्थिरताका लागि कानुन निर्माणमा संसद्को प्रभावकारिता र बाढीपहिरो पीडितको उद्धारमा समन्वय आवश्यक रहेको कुरामा जोड दिनुभएको छ ।
११ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन् । सोमबार बिहान शीतल निवासमा करिब एक घण्टा पौडेलसँग आङ्देम्बेले भेटवार्ता गरेका हुन् ।
भेटमा समसामयिक राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे छलफल भएको आङ्देम्बेको सचिवालयले जनाएको छ । यसबाहेक आङ्देम्बेले देशका विभिन्न स्थानमा गएको बाढीपहिरोको, प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।
सो क्रममा राष्ट्रपति पौडेलले राजनीतिक स्थिरताको आवश्यकता औंल्याउँदै कानुन निर्माणमा संसद्को प्रभावकारिता बढाउनुपर्नेमा जोड दिएका थिए ।
यस्तै, बाढीपहिरो प्रभावितको उद्धार, राहत र पुनर्स्थापनामा सबै पक्षबीच समन्वय र सहयोग आवश्यक रहेको राष्ट्रपति पौडेलले बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4