News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'महाराजधिराज'का निर्माताले छायांकनको गोप्य भिडियो टिकटकमा सार्वजनिक गरेको आरोपमा प्राविधिक मनोज अधिकारीविरुद्ध ५१ लाख रुपैयाँ क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेका छन् ।
- जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले विद्युतीय कारोबार ऐनको दफा ४८ को उपदफा (१) बमोजिम गोपनीयता भङ्ग गरेको कसुरमा अधिकारीविरुद्ध अभियोग पत्र दायर गरेको छ ।
- घटनाको अनुसन्धान नेपाल प्रहरीको साइबर ब्यूरोले गरिरहेको छ र दोषी ठहरिएमा दुई वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुन सक्छ ।
काठमाडौं । छायांकनको गोप्य भिडियो मोबाइलमा तानेर टिकटकमा हालेपछि कथावस्तु र गोपनियता भङ्ग भएको दाबी गर्दै फिल्म ‘महाराजधिराज’का निर्माताले प्राविधिक (स्पटब्वाय) विरुद्ध मुद्दा दायर गरेका छन् ।
उक्त कार्यबाट ६ दिनको छायांकन खेर गएको दाबी गर्दै ती निर्माताले प्रतिवादीबाट ५१ लाख रुपैयाँ क्षतिपूर्ति पनि मागेका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले नुवाकोट घर भएका सुदीप भनेर चिनिने २७ वर्षिय प्राविधिक मनोज अधिकारीविरुद्ध अभियोग पत्र दायर गरेको छ ।
फिल्मका तर्फबाट नेत्रबहादुर विष्टले अधिकारीविरुद्ध किटानी जाहेरी दिएका हुन् । नेपाल प्रहरीको साइबर ब्यूरोले यो घटनामा अनुसन्धान गरिरहेको छ ।
जेठ ३ र ४ गते अधिकारीले स्पटब्यायको रुपमा उक्त फिल्मको छायांकनमा काम गरेको जनाइएको छ । चेतावनी पाएको १० मिनेटभित्रै अधिकारीले टिकटकबाट ती भिडियो भने हटाइसकेका छन् ।
प्रतिवादीलाई विद्युतीय कारोबार ऐन, २०८३ को दफा ४८ को उपदफा (१) बमोजिम गोपनीयता भङ्गको कसुरमा सजाय माग गरिएको छ । यो दफा अनुसार कसुर प्रमाणित भएमा एक लाख रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ ।
प्रतिक्रिया 4