News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा दुई समूहबीचको विवादले उग्ररुप लिँदा २४ वर्षीय ओमप्रकाश मेहताको गोली लागेर मृत्यु भएको छ ।
- घटनापछि तनावग्रस्त क्षेत्रमा सुनसरी प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ भने अवस्थालाई शान्त तुल्याउन प्रहरीले प्रयास गरिरहेको छ ।
- जिल्ला प्रशासन कार्यालय सुनसरीमा जारी सर्वदलीय बैठकमा सबै पक्षलाई संयमता अपनाउन प्रहरी उपरीक्षक केशव थेबेले आग्रह गरेका छन् ।
११ साउन, विराटनगर । सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गएराति भएको घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा अहिले सर्वदलीय बैठक जारी रहेको छ ।
बैठक जारी रहेको र घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेकाले सबैलाई संयमता अपनाउन आग्रह गरिएको सुनसरीका प्रहरी उपरीक्षक केशव थेबेले बताए ।
गएराति गाउँमा दुई समूहबीचको विवादले उग्ररुप लिएपछि प्रहरीले संयमता अपनाई शान्त तुल्याउन प्रयास गरिरहेको उनले जानकारी दिए ।
घटनामा गोली लागेर घाइते भएका २४ वर्षीय ओमप्रकाश मेहताको उपचारको क्रममा निधन भएको र अहिले त्यस क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4