+
+
Shares

सुनसरीमा सामाजिक सद्‌भाव कायम राख्न सर्वपक्षीय सहमति

आइतबारकाे झडपपछि साेमबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेकाे सर्वदलीय र सर्वपक्षीय बैठकले शान्ति-सुरक्षा र सामाजिक सद्‌भाव कायम गर्ने सहमति गरेकाे हाे ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ११ गते १६:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको देवानगञ्जमा भएको झडपपछि शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय बैठकले सहमति जनाएको छ।
  • आइतबार बोलबम यात्रामा भएको विवादले उग्र रूप लिँदा गोली लागेर २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ।
  • घटनाको छानबिनका लागि गृह मन्त्रालयद्वारा गठित समितिलाई सहयोग गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए।

११ साउन, विराटनगर । सुनसरीको देवानगञ्जमा भएको दुई समूहकाे झडपपछि उग्र बनेकाे अवस्था नियन्त्रण गर्दै सामाजिक एकता कायम गर्ने सर्वपक्षीय सहमति भएकाे छ ।

आइतबारकाे झडपपछि साेमबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेकाे सर्वदलीय र सर्वपक्षीय बैठकले शान्ति-सुरक्षा र सामाजिक सद्‌भाव कायम गर्ने सहमति गरेकाे हाे ।

सर्वपक्षीय बैठकले घटनालाई थप जटिल बन्न नदिन र गृह मन्त्रालयद्वारा गठित छानबिन समितिलाई सहयोग गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा भएको बैठकमा राजनीतिक दल र जनप्रतिनिधिहरूले अफवाहबाट टाढा रहन र सुरक्षा निकायलाई सहयोग गर्न सहमति जनाएका हुन् ।

सुनसरी प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार सामाजिक सदभाव र शान्तिसुरक्षा कायम गर्नका लागि आ–आफ्नाे स्थानबाट सहयाेग गर्ने निर्णय भएकाे छ ।

निर्णयपछि जनप्रतिनिधि र सामाजिक र धार्मिक अगुवाले सामाजिक सदभाव कायम गर्नका लागि पहल सुरु गरिसकेकाे बताए ।

आइतबार राति बोलबम यात्राका क्रममा डिजे बजाउने विषयमा भएको विवादले हिंसात्मक रूप लिँदा सशस्त्र प्रहरीको गोली लागेर देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।

झडपमा १३ जना सुरक्षाकर्मी र ९ जना सर्वसाधारण घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?