News Summary
Generated by OK AI. Editorially reviewed.- आन्तरिक राजस्व विभागले बिजुली खपतमा लाग्ने मूल्य अभिवृद्धि कर १ साउन २०८३ देखि मात्र लागू हुने स्पष्ट पारेको छ ।
- आर्थिक ऐनले गरेको नयाँ व्यवस्था अनुसार ३२ असारसम्मको विद्युत् खपतमा मूल्य अभिवृद्धि कर नलाग्ने विभागले जनाएको छ ।
- विद्युत् महसुलमा भ्याट लाग्ने विषयमा देखिएको अन्यौल चिर्दै विभागले १ साउन अगाडिको बिलिङमा कर छुट हुने उल्लेख गरेको छ ।
११ साउन, काठमाडौं । आन्तरिक राजस्व विभागले बिजुली खपतमा लाग्ने मूल्य अभिवृद्धि कर १ साउनबाट मात्र आकर्षित हुने स्पष्ट पारेको छ ।
आर्थिक ऐन २०८३ ले मूल्य अभिवृद्धि कर ऐन २०५३ संशोधन गरी सरकारले विद्युत् सेवा प्रदान गर्ने अन्तिम उपभोक्तालाई ५ प्रतिशत तथा अन्य व्यक्तिका सम्बन्धमा १३ प्रतिशतका दरले मूल्य अभिवृद्धि कर लाग्ने व्यवस्था गरेको थियो । बिजुलीमा लाग्ने भ्याटका सम्बन्धमा सरोकारवालाबीच भने अन्यौल उत्पन्न भएको थियो ।
विभागका अनुसार ३२ असारसम्मको खपत बिलिङ १ साउन २०८३ मा भएमा मूल्य अभिवृद्धि कर आकर्षित हुने वा नहुने, १ साउन देखि जारी हुने कर बिजकमा न्यूनतम जार्च वा डिमाण्ड चार्जमा मूल्य अभिवृद्धि कर आकर्षित हुने वा नहुने सम्बन्धमा सर्वसाधारण, उपभोक्ता र कतिपय व्यवसायीमा समेत अन्यौल थियो ।
आर्थिक ऐनले भ्याट लगाएको विषय १ साउनबाट प्रारम्भ हुने भन्ने व्यवस्था गरेका कारण सोही मितिबाट मात्र कर आकर्षित हुने विभागले स्पष्ट पारेको छ । विभागका अनुसार कुनै उपभोक्ताको ३२ असारसम्मको खपतमा कर लगाइएको भए सो कर छुट हुने छ । यसमा मूल्य अभिवृद्धि कर आकर्षित नहुने विभागले स्पष्ट पारेको छ ।
प्रतिक्रिया 4