+
+
Shares

रास्वपाले बोलायो केन्द्रीय समिति, महाधिवेशनको समीक्षा गरिने

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ११ गते २०:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले साउन १३ गते बिहान ११ बजेका लागि केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।
  • पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने सो बैठकमा चितवन महाधिवेशनको समीक्षा र साङ्गठनिक व्यवस्थापनका विषयमा छलफल हुने महामन्त्री विपिन कुमार आचार्यले बताएका छन् ।
  • बैठकमा कार्यविधिहरूको तर्जुमा, परिमार्जन तथा आगामी दिनमा सञ्चालन गरिने अभियानका सम्बन्धमा पनि आवश्यक निर्णय लिइने भएको छ ।

११ साउन, काठमाडौं । रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको छ ।

साउन १३ गते बिहान ११ बजे बस्नेगरी बैठक आह्वान गरिएको महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिएका छन् ।

उनका अनुसार, बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ ।

बैठकमा चितवनमा सम्पन्न महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधिहरूको तर्जुमा तथा परिमार्जन, साङ्गठनिक व्यवस्थापन तथा मनोनयन र आगामी अभियान तथा कार्यक्रम सञ्चालन लगायतका विषयमा छलफल हुने महामन्त्री आचार्यले बताएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?