News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीको देवानगञ्ज घटनाका सम्बन्धमा मन्त्रिपरिषद्को बैठक बसे पनि सरकारले कुनै औपचारिक निर्णय सार्वजनिक गरेको छैन ।
- सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्को नियमित निर्णय सार्वजनिक गरे पनि उक्त घटनाबारे सोधिएको प्रश्नलाई पन्छाएका छन् ।
- घटनाको छानबिन गर्न सरकारी टोलीले काम थालिसकेको छ भने पीडित परिवारले क्षतिपूर्ति र शहीद घोषणाको माग गरिरहेका छन् ।
१३ साउन, काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा भएको घटनाले देशव्यापी तरंग ल्याइरहेका बेला बुधबार मन्त्रिपरिषद् बैठक बसेको थियो ।
यो बैठक अघि प्रमुख राजनीतिक दलहरूको सर्वदलीय बैठकले शान्ति र सद्भाव फैलाउन आह्वान गरेको थियो ।
यो घटनामा प्रधानमन्त्री बालेन शाहले मंगलबार राति फेसबुक स्टाटसबाट केही सम्बोधन गरेका थिए । तर मन्त्रिपरिषद्को सिंगो बैठकबाट चाहिँ उक्त घटनाबारे केही निर्णय गरे, नगरेको सरकारले बाहिर ल्याएको छैन ।
सधैंजस्तो मन्त्रिपरिषद्को बैठकका नियमित निर्णयहरू सरकारका प्रवक्ता सस्मित पोखरेलले बुधबार पनि सार्वजनिक गरे । तर यो घटनाबारे उनले केही भनेनन् । सञ्चारकर्मीहरूले प्रश्न गर्दा उनी तर्केर हिंडे ।
उनका सहयोगीले आज अन्य कार्यक्रम पनि भएकाले यत्ति नै गरौं भन्दै सञ्चारकर्मीहरूलाई टार्न खोजे ।
यद्यपि सरकारले उक्त घटनाको छानबिनका लागि टोली चाहिँ पठाइसकेको छ ।
उक्त टोलीले काम थालिसकेको छ । तर मृतक र घाइतेका परिवार लगायतले उक्त घटनाको विषयमा विभिन्न माग गरिखरहेका छन् । क्षतिपूर्तिदेखि शहीद घोषणासम्मका माग उनीहरूका छन् ।
तर सरकारले यो विषयमा केही निर्णय गरे नगरेको बाहिर ल्याएको छैन ।
प्रतिक्रिया 4