News Summary
Generated by OK AI. Editorially reviewed.- माइतीघरमा आन्दोलनरत लघुवित्त पीडितहरू वर्षाका कारण बिचल्लीमा परेका छन् ।
- लघुवित्तको ऋण मिनाहा र चर्को ब्याजदर अन्त्यको माग राख्दै ४२ जना आन्दोलनकारी अनशनमा बसेका छन् ।
- पीडितहरूले लघुवित्तसम्बन्धी विगतका प्रतिवेदन सार्वजनिक गरी तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् ।
१३ साउन, काठमाडौं । देशका विभिन्न जिल्लाबाट काठमाडौं आएका प्रदर्शनसहित धर्नामा बसेका लघुवित्त पीडितहरू एक्कासी परेको वर्षाका कारण समस्यामा परेका छन् ।
पीडितहरू साँझ पनि माइतीघरमै अनशन बसेका थिए । बुधबार साँझ पानी परेपछि उनीहरू बिचल्लीमा परेका हुन् । यहाँ ४२ जना हिजोबाट अनशनरत छन् ।
लघुवित्तको ऋण तथा ब्याज मिनाहा हुनुपर्ने, लघुवित्तसम्बन्धी विगतका प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्नुपर्ने, लघुवित्त, बैङ्क तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण अन्त्य गर्नुपर्ने, चर्को तथा चक्रवर्ती ब्याज लिन नपाइने लगायतका माग राखेर उनीहरूले प्रदर्शन गरेका हुन् ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4