१४ साउन, काठमाडौं । राष्ट्रिय सुरक्षा परिषदको बैठक सुरु भएको छ । परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री बालेन शाहको आह्वानमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक बसेको हो ।
सुनसरी घटनासहित देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे छलफल गर्न बैठक बोलाइएको हो । राष्ट्रिय सुरक्षा परिषदमा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापति रहन्छन् । परिषदमा रक्षा सचिवले सदस्य सचिवको रुपमा काम गर्छन् ।
परिषद्ले नेपाली सेनाको परिचालन वा नियन्त्रण सम्बन्धमा नेपाल सरकार समक्ष सिफारिस गर्ने, नेपाली सेनाको सुदृढीकरण एवम् आधुनिकीकरण गर्न आवश्यक कार्ययोजना तयार गर्ने, सुरक्षा निकायको लागि चाहिने हातहतियार, उपकरण र तिनीहरुको मापदण्ड सम्बन्धी नीति तर्जुमा गर्ने, मुलुकको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्ने र राष्ट्रिय हित, सुरक्षा तथा प्रतिरक्षा सम्बन्धमा नेपाल सरकारलाई राय सल्लाह दिने काम गर्दछ ।
प्रतिक्रिया 4