News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सांसद पुरुषोत्तम यादवले सिरहाको गोलबजारमा भएको झडपमा ज्यान गुमाएका गणेश यादवको परिवारसँग भेट गरी घटनाको निष्पक्ष छानबिन हुने आश्वासन दिनुभएको छ ।
- सांसद यादवले घटनामा पक्राउ परेका व्यक्तिहरूलाई कानुनी प्रक्रिया पुर्याएर छिटो रिहा गर्न र दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
- उनले स्थानीयबासीलाई शान्तिपूर्ण रहन र जिल्लाको सामाजिक सद्भाव कायम राख्न अपिल गर्दै संसद्मा समेत यस विषयलाई प्राथमिकताका साथ उठाउने बताउनुभएको छ ।
१५ साउन, सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक सांसद पुरुषोत्तम यादव गोलबजारमा भएको घटनापछि शुक्रबार सिरहा पुगेका छन् ।
उनले स्थानीयसँग भेटघाट गर्दै घटनाबारे जानकारी लिए भने प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको परिवारसँग भेट पनि गरेका छन् ।
सिरहामा बिहीबार भएको प्रदर्शनका क्रममा औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको निधन भएको थियो ।
उक्त घटनामा निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन आफूले संसद् र सम्बन्धित निकायमा आवाज उठाउने प्रतिबद्धता पनि जनाएका छन् ।
साथै, पीडित परिवारलाई न्याय दिलाउन आवश्यक पहल गर्ने आश्वासन पनि उनले दिएका छन् ।
उनले नियन्त्रणमा लिइएका व्यक्तिहरूको रिहाइको माग पनि गरेका छन् ।
उनले प्रशासनसँग पक्राउ परेका व्यक्तिहरूको विषयमा कानुनी प्रक्रिया छिटो अघि बढाउन आग्रह पनि गरेका थिए ।
आक्रोशित स्थानीयलाई शान्त रहन र सामाजिक सद्भाव कायम राख्न उनले अपिल गरेका छन् ।
प्रतिक्रिया 4