+
+
Shares

देवानगञ्ज घटना : पोस्टमार्टमपछि आफन्तले बुझे शव, आजै अन्त्येष्टि गरिने

विराटनगरकै न्यूरो अस्पतालमा राखिएको शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल लगिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते १८:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको देवानगञ्ज घटनामा प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवाको शव पोस्टमार्टमपछि आफन्तले बुझेका छन्।
  • पीडित परिवार र सरकारबीच राहत दिने तथा सहिद घोषणा गर्ने लगायतका सात बुँदे सहमति भएपछि शव उठाइएको हो।
  • पोस्टमार्टमपछि मृतकका आफन्तले शवलाई अन्तिम संस्कारका लागि आफ्नो गाउँ कप्तानगञ्ज लगेका छन्।

१५ साउन, विराटनगर । सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवाको शव पोस्टमार्टमपछि आफन्तले बुझेका छन् । आइतबार दुई समूहको विवादका क्रममा प्रहरीले चलाएको गोली लागेर सोही दिन ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।

उपचारका क्रममा जयप्रकाश मेहताको बिहीबार मृत्यु भएको थियो ।  शुक्रबार  कोशी अस्पताल विराटनगरमा पोस्टमार्टमपछि आफन्तले शव बुझेका हुन् ।

यसअघि विराटनगरकै न्यूरो अस्पतालमा राखिएको शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल लगिएको थियो । शुक्रबार बिहान  पीडित पक्ष र सरकार बीच ७ बुँदे सहमति भएपछि आफन्तले शव उठाउन र बुझ्न सहमति जनाएका थिए ।

पोस्टमार्टमपछि शव बुझेसँगै आफन्तले अन्तिम संस्कारका लागि शव आफ्नो गाउँतर्फ लगेका छन् । गाडीमा राखेर शवयात्रा गर्दै कप्तानगञ्ज लगिएको हो ।

आजै उनीहरूको अन्त्येष्टि हुनेछ ।

शुक्रबार सरकारले पीडित परिवारलाई राहत दिने, शहीद घोषणा गर्ने, घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्ने लगायत विषयमा सरकार र पीडित परिवार बीच सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?