+
+
Shares

अलैँची निर्यातबाट राजस्व ६४ प्रतिशतले बढ्यो

नेपालको पूर्वी पहाडी क्षेत्रका जिल्लामा बढी उत्पादन हुने अलैँची प्रमुख नगदे बालीमध्ये एक हो । यसको निर्यातले किसानको आम्दानी वृद्धि गर्नुका साथै मुलुकको विदेशी मुद्राआर्जनमा समेत योगदान पुर्‍याउँदै आएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १६ गते १७:२५

१६ साउन, भद्रपुर (झापा) । अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै जाँदा काँकडभिट्टा नाकाबाट हुने अलैँची निर्यातमा उल्लेखनीय वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा अलैँची निर्यातबाट १२ अर्ब ६३ करोड ६९ लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

काँकडभिट्टा भन्सार कार्यालयका अनुसार आव २०८१/८२ मा यस नाकाबाट सात अर्ब ६७ करोड ४० लाख ३७ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा निर्यात कारोबार चार अर्ब ९६ करोड २९ लाख ३३ हजार रुपैयाँले वृद्धि भएको हो । प्रतिशतका आधारमा अलैँची निर्यात करिब ६४ दशमलव ६५ प्रतिशतले बढेको देखिन्छ ।

कारोबारसँगै निर्यात परिमाणमा वृद्धि भएको छ । गत आर्थिक वर्षमा काँकडभिट्टा नाकाबाट ६३ लाख ८५ हजार ८७० किलोग्राम अलैँची निर्यात भएको छ । अघिल्लो आव २०८१/८२ मा भने ४२ लाख ९४ हजार ५५० किलोग्राम मात्रै अलैँची निर्यात भएको थियो ।

काँकडभिट्टा भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत माङ्कल राईका अनुसार नेपाली अलैँचीको अन्तरराष्ट्रिय बजारमा माग बढेसँगै निर्यात कारोबार बढेको हो ।

नेपालको पूर्वी पहाडी क्षेत्रका जिल्लामा बढी उत्पादन हुने अलैँची प्रमुख नगदे बालीमध्ये एक हो । यसको निर्यातले किसानको आम्दानी वृद्धि गर्नुका साथै मुलुकको विदेशी मुद्राआर्जनमा समेत योगदान पुर्‍याउँदै आएको छ ।

उत्पादन वृद्धि, गुणस्तर सुधार र बजार विस्तार गर्न सके आगामी वर्षमा अलैँची निर्यात अझ बढ्ने सम्भावना रहेको भन्सार अधिकृत माङ्कल राईले बताए । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?