+
+
Shares

मनसुन विपद् : बितेका २४ घण्टामा एक जनाको मृत्यु, २० जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १७ गते १५:१२
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मनसुनजन्य विपद्का कारण पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएका छन् ।
  • देशका २५ जिल्लामा सर्पदंश, आगलागी र पहिरोलगायतका ३४ वटा विपद्का घटना हुँदा २७ लाख २५ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
  • वैशाख १ गतेदेखि हालसम्म चार हजार ५३ वटा विपद्का घटनामा १९६ जनाको मृत्यु र पाँच हजार १८८ परिवार प्रभावित भएका छन् ।

१७ साउन, काठमाडौं । मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए)का अनुसार शुक्रबार बिहान १०:००देखि शनिबार बिहान १०:०० बजेसम्म देशका २५ जिल्लामा ३४ वटा विपद्का घटना भएका छन् । ती घटनामध्ये एकमा सर्पले डस्दा एक जनाको मृत्यु भएको र २० जना घाइते भएका हुन् ।

उक्त अवधिमा सर्पदंशका १४, आगलागीका ११, पहिरोका छ र जनावर आक्रमणका तीन घटना भएका छन् । ती घटनाबाट रु २७ लाख २५ हजार बराबरको अनुमानित क्षति भएको छ । साथै, दुई स्थानमा सडक अवरुद्ध भएको र १८ चौपायाको क्षति भएको छ ।

यसैबीच, प्राधिकरणले  गत वैशाख १ देखि आज बिहानसम्म देशभर चार हजार ५३ वटा विपद्का घटना भएका,  ती घटनामा १९६ जनाको मृत्यु, चार जना बेपत्ता र एक हजार २९१ जना घाइते भएका जनाएको छ । विपद्बाट पाँच हजार १८८ परिवार प्रभावित भएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?