+
+
Shares

ब्रोड पिकमा ज्यान गुमाएका युक्तको शव काठमाडौं ल्याइयो (तस्वीरहरू)

पाकिस्तानस्थित ८०४७ मिटर उचाईको ‘ब्रोड पिक’ हिमाल आरोहणको क्रममा ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शव स्वदेश ल्याइएको छ।

विकास श्रेष्ठ चन्द्रबहादुर आले विकास श्रेष्ठ, चन्द्रबहादुर आले
२०८३ साउन २१ गते १८:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाकिस्तानस्थित ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका पर्वतारोही पुरबहादुर गुरुङको शव २१ साउनमा नेपाल ल्याइएको छ।
  • गोरखा लाप्राकका गुरुङले सगरमाथाको १० पटक सफल आरोहण गर्नुका साथै ८००० मिटरभन्दा अग्ला हिमाल २८ पटक आरोहण गरेका थिए।
  • गुरुङको शवमाथि परिवार र आफन्तले फूल, माला तथा खादा अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका छन्।

२१ साउन, काठमाडौँ । पाकिस्तानस्थित ८०४७ मिटर उचाईको ‘ब्रोड पिक’ हिमाल आरोहणको क्रममा ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शव स्वदेश ल्याइएको छ। ब्रोड पिकको हिम पहिरोमा गुरुङ, निर्मल पुर्जासहित नेपाली ६ पर्वतारोहीसहित १० जनाले ज्यान गएको थियो । ज्यान गुमाएकामध्ये गुरुङको मात्रै शव नेपाल ल्याइपुर्‍याइएको हो ।

दशौंपटक सगरमाथाको सफल आरोहण तथा २८ पटक ८००० मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गरिसकेका गुरुङ गोरखाको लाप्राक गाउँका हुन् ।

उनको शवमाथि परिवार र आफन्तले फूल/माला तथा खादा चढाएर श्रद्धाञ्जली दिएका छन् ।

नेपाल पर्वतारोहण संघले उनको शव श्रद्धाञ्जलीका लागि राखेको छ । श्रद्धाञ्जलीको क्रममा उनको शवमाथि राष्ट्रिय झन्डा ओढाइएको छ ।

लेखक
विकास श्रेष्ठ

चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?