+
+
Shares

संसदीय अभ्यास कर्मकाण्डी भयो, सुधार समिति गठन गरौं : विपिन आचार्य

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद आचार्यले अहिलेको संसदीय अभ्यास कर्मकाण्डी भएको भन्दै संसद्‍लाई सिर्जनशील, उपयोगी र प्रभावकारी बनाउन  समिति गठन गर्नुपर्ने बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २५ गते १४:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विपिन आचार्यले प्रतिनिधिसभाको बैठकमा संसदीय सुधार समिति गठन गर्न माग गरेका छन्।
  • उनले वर्तमान संसदीय अभ्यास कर्मकाण्डी भएको भन्दै संसदलाई थप सिर्जनशील, उपयोगी र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।
  • सांसद आचार्यले संसदीय अभ्यास सुधारबारे सांसदहरूको राय लिन सर्वेक्षण गर्नुपर्ने आवश्यकतासमेत औंल्याएका छन्।

२५ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विपिन आचार्यले संसदीय सुधार समिति गठन गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद आचार्यले अहिलेको संसदीय अभ्यास कर्मकाण्डी भएको भन्दै संसद्‍लाई सिर्जनशील, उपयोगी र प्रभावकारी बनाउन  समिति गठन गर्नुपर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘ मैले धेरैपटक यो संसदीय अभ्यास कर्मकाण्डी भयो भन्दै आएको छु। संसद्‍मा पनि बोलेको छु, बाहिर पनि बोलेको छु। अब एकपटक सबै सांसदहरूबीच सर्वेक्षण (पोलिङ) गर्नुपर्छ । के हामी सबै सांसदहरू अहिलेको संसदीय अभ्यासबाट खुसी छौँ त ? के हाम्रो क्षमतालाई अहिलेको संसदीय अभ्यासले सदुपयोग गरेको छ त ? यदि छ भने त मलाई समस्या छैन, तर मेरो जस्तै बुझाइ धेरै सांसदहरूको पनि हो भने यो संसदीय अभ्यास सुधारका लागि सबैले मिलेर काम गर्नुपर्छ ।’

उनले थपे, ‘मिल्छ कि मिल्दैन मलाई थाहा छैन, तर एउटा ‘संसदीय सुधार समिति’ बनाएर अहिलेको यो संसदलाई कसरी बढी सिर्जनशील, उपयोगी र प्रभावकारी बनाउने भन्ने दिशामा एकपटक काम गर्नुपर्छ जस्तो लाग्छ । यसमा मैले सम्माननीय सभामुख महोदयको ध्यानाकर्षण गराएँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?