+
+
Shares

मनमैजुबाट हराएका १५ वर्षीय किशोर १७ दिनपछि भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २५ गते २१:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको तारकेश्वर नगरपालिका-१० मनमैजुबाट हराएका १५ वर्षीय समिप खड्का १७ दिनपछि फेला परेका छन् ।
  • साउन ८ गते शुक्रबार घरबाट निस्किएका समिप तारकेश्वरकै जाल्पा चोकमा फेला परेका हुन् ।
  • अनलाइनखबरमा प्रकाशित समाचार देखेका एक व्यक्तिले समिपलाई देखेपछि परिवारको सम्पर्कमा पुर्‍याएको उनकी आमाले बताइन् ।

२५ साउन, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१०, मनमैजुबाट हराएका १५ वर्षीय समिप खड्का १७ दिनपछि भेटिएका छन् ।

परिवारका अनुसार उनी साउन ८ गते शुक्रबार अपराह्न करिब ४ बजे घरबाट बाहिरिएका थिए । त्यसपछि उनी सम्पर्कमा नआएपछि खोजी थालिएको थियो ।

उनी तारकेश्वरकै जाल्पा चोकबाट भेटिएको परिवारका सदस्यले जानकारी गराएका छन् ।

समिप सम्पर्कविहीन भएपछि अनलाइनखबरले समाचार प्रकाशित पनि गरेको थियो । उक्त समाचारमै देखेकाले समिपलाई जाल्पा चोकबाट एक व्यक्तिले परिवारसम्म सम्पर्कमा पुर्‍याएको उनकी आमाले बताइन् ।

समिपलाई देख्ने वा उनको अवस्थाबारे कुनै जानकारी पाउने व्यक्तिलाई नजिकको प्रहरी कार्यालय वा परिवारलाई तत्काल खबर गरिदिन परिवारले आग्रह गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?