+
+
Shares

संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीले लिए सपथ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २६ गते १३:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका नवनियुक्त पदाधिकारीहरूले सोमबार पदभार ग्रहण गरेका छन्।
  • कुलपति ब्रजेश खनालले उपकुलपति झुमा लिम्बु, सदस्यसचिव भूपेन्द्रसिंह रायमाझीसहित प्राज्ञपरिषद् र प्राज्ञसभाका सदस्यहरूलाई सपथ ग्रहण गराउनुभएको छ।
  • पदभार ग्रहण गरेलगत्तै कुलपति खनालले वरिष्ठ संगीतकर्मी बच्चु कैलाशको चरणस्पर्श गरी आशीर्वाद लिनुभएको छ।

काठमाडौँ । सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका नवनियुक्त पदाधिकारीले सोमबार पदभार ग्रहण गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले शुक्रबार ब्रजेश खनाललाई कुलपतिको सपथ खुवाएका थिए ।

त्यसपछि खनालले सोमबार अन्य पदाधिकारीलाई सपथ ग्रहण गराएका हुन् ।

प्रतिष्ठानको उपकुलपतिमा ‘काफ्ले’ गीतबाट चर्चित गायिका झुमा लिम्बु, सदस्यसचिवमा भूपेन्द्रसिंह रायमाझी र प्राज्ञपरिषद् सदस्यमा राजन मुकारुङ, रेखा शाह गुरुङ, सरस्वती चौधरी, जीतबहादुर देउजा, सुबिमा श्रेष्ठ र छेन्दोकहाङ राई नियुक्त भएका थिए ।

प्राज्ञसभामा डिक्रा वादी (बझाङ), भिमप्रसाद योङहाङ (पाँचथर), अनिल आङ्थुप्पो (झापा), शिवराम रिजाल (धादिङ), गोबिन्द सुनार (जुम्ला), रजत सिंह (रुपन्देही), रामकुमार मण्डल (मोरङ), दीपक पराजुली (काँस्की), अक्षता अधिकारी (तनहुँ), पुश्करबहादुर गुरुङ (दोलखा), बिनोद बानिया (कास्की), अग्रिम लामा (काठमाडौँ), पारस सुवेदी (नवलपरासी), रेखाकुमारी जोशी (कञ्चनपुर) र मोतिबहादुर कार्की (स्याङ्जा) नियक्त भएका थिए ।

कार्यभार लगत्तै कुलपति खनालले सबैभन्दा पहिला वरिष्ठ संगीतकर्मी बच्चु कैलाशको चरणस्पर्श गरेर आशीर्वाद लिएको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?