News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले साउन २९ देखि ३१ गतेसम्म आफ्ना सांसदहरूका लागि ललितपुरको गोदावरीमा तीनदिने आवाससहितको प्रशिक्षण कार्यक्रम तय गरेको छ।
- रास्वपाकी सचेतक क्रान्तिशिखा धितालले सांसदहरूको भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले प्रशिक्षण कार्यक्रम राखिएको जानकारी दिइन्।
- पार्टीले यसअघि पनि दुई पटक आफ्ना सांसदहरूलाई प्रशिक्षण प्रदान गरिसकेको छ।
२७ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लगातार दिन सांसदहरुलाई प्रशिक्षण दिने भएको छ ।
साउन २९ देखि ३१ गतेसम्म प्रशिक्षण राखिएको रास्वपा सचेतक क्रान्तिशिखा धितालले जानकारी दिइन्। सांसदहरुलाई आवाससहित (क्लोज क्याम्प) प्रशिक्षणको व्यवस्था गरिएको छ ।
प्रशिक्षणको स्थान ललितपुरस्थित गोदावारी तय गरिएको छ । सचेतक धितालका अनुसार सांसदहरुलाई प्रदान गरिने प्रशिक्षणका लागि प्रशिक्षकहरु भने तय हुने क्रममा छ । धितालले अनलाइनखबरसँग भनिन्,‘आवास सहितको प्रशिक्षण हो । सांसदहरुको भूमिकालाई प्रभावकारी बनाउन प्रशिक्षण राखेका हौं ।’
रास्वपाले यसअघि पनि २ पटक सांसदहरुलाई प्रशिक्षित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4