२६ साउन, काठमाडौं । साइबर स्क्याममा अत्याधिक वृद्धी भएपछि ‘एन्टी साइबर स्क्याम सेन्टर’ स्थापनाको प्रक्रिया अघि बढाइएको छ ।
विभिन्न प्रलोभन देखाएर, फिसिङ गरेर मोबाइल बैंकिङ वालेट तथा ई–सेवा, खल्तीजस्ता अकाउन्टबाट पैसा ह्याक गर्ने तथा विभिन्न बहानामा साइबर स्क्याम हुने क्रम बढेसँगै एन्टी साइब स्क्याम सेन्टर स्थापनाको प्रक्रिया अघि बढाइएको हो ।
यो विषयमा एक चरणमा छलफल गरेर सम्भावित खाका बनाउने काम भइरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्ले बताउँछन् । यो सेन्टरमा सरोकारवाला सबै निकायका प्रतिनिधि रहने गरी व्यवस्था मिलाइने छ ।
जहाँ नेपाल प्रहरी, राष्ट्र बैंक, बैंकिङ संघ, वालेट, पीएसपी, पीएसओ, दुरसञ्चार प्राधिकरण, इन्टरनेट सेवा प्रदायकका अधिकार प्राप्त सम्पर्क व्यक्तिहरू साइबर ब्यूरामै को–लोकेटेड भई केस म्यानेजमेन्ट सिस्टममा कार्य हुने बताइएको छ ।
प्रतिक्रिया 4