+
+
Shares

राष्ट्रिय ध्वजावाहकको सुधार नभइ पर्यटनको लक्ष्य पूरा गर्ने देश मैले देखेको छैन : मन्त्री पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते १५:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगमको सुधारका लागि सार्वजनिक–निजी साझेदारी मोडलमा जानुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
  • नाटाको ५९ औँ अधिवेशनमा मन्त्री पौडेलले निगमलाई राजनीतिक हस्तक्षेप र कर्मचारीतन्त्रको दलदलबाट बाहिर निकाल्न आमूल पुनर्संरचना अपरिहार्य रहेको बताउनुभयो ।
  • ‘राष्ट्रिय ध्वजावाहकप्रति हामी सबैको गर्व छ तर हाल यो ऋणमा चुर्लुम्म डुबेको र विभिन्न बेथितिमा फसेको अवस्था छ,’ मन्त्री पौडेलले भन्नुभयो ।

२९ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आमूल सुधारका लागि सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा जानुपर्ने बताएका छन् ।

नेपालका पर्यटन व्यवसायीहरूको छाता सङ्गठन नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) को ५९ औं अधिवेशनलाई शुक्रवार सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

राष्ट्रिय ध्वजावाहक निगम हाल चरम ऋण, राजनीतिक हस्तक्षेप र कर्मचारीतन्त्रको बेथितिमा फसेको उल्लेख गर्दै उनले यसको पुनर्संरचना अपरिहार्य भएको बताए ।

निगमको सुधारका लागि आफू अध्ययनकै क्रममा रहेको जानकारी दिँदै उनले यसलाई उद्धार गर्न पीपीपी मोडलमा लैजानुपर्नेमा आफ्नो दृढता रहेको स्पष्ट पारे ।

‘राष्ट्रिय ध्वजावाहकप्रति हामी सबैको गर्व छ तर हाल यो ऋणमा चुर्लुम्म डुबेको र विभिन्न बेथितिमा फसेको अवस्था छ । यसलाई राजनीतिक र कर्मचारीतन्त्रको दलदलबाट बाहिर निकालेर बचाउन आमूल पुनर्संरचना आवश्यक छ,’ उनले भने, ‘राष्ट्रिय ध्वजावाहकको सुधारबिना पर्यटकीय गन्तव्यको लक्ष्य पूरा गरेका कुनैपनि देश मैले देखेको छैन । त्यसैले नेपालको पर्यटन प्रवर्द्धनका लागि निगमको सुधार हुनैपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?