+
+
Shares

जाजरकोट पहिरो प्रभावित तीन सय जनाको उद्धार

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहकार्यमा तीन सय बढी पहिरो प्रभावितको उद्धार गरिएको हो।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३१ गते १९:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोबाट प्रभावित तीन सयभन्दा बढी मानिसको उद्धार गरिएको छ।
  • सुरक्षाकर्मी र स्थानीयको सहयोगमा पहिरोमा पुरिएका चार जनाको शव निकालिएको छ भने आठ जना घाइतेको उद्धार गरिएको छ।
  • पहिरो प्रभावितहरूलाई स्थानीय विद्यालयमा राखिएको छ र उनीहरूका लागि कर्णाली प्रदेश सरकारले राहत सामग्री वितरण गरेको छ।

३१ साउन, काठमाडौं । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ इलाकामा गएको पहिरोबाट प्रभावित तीनसय जनाभन्दा बढीको उद्धार गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहकार्यमा तीन सय बढी पहिरो प्रभावितको उद्धार गरिएको हो।

पहिरोमा पुरिएका चार जनाको शव निकालिएको छ। त्यस्तै घाइते ८ जनाको उद्धार गरिएको छ। पहिरो प्रभावितलाई स्थानीय विद्यालयमा सारिएको छ। उनीहरूका लागि कर्णाली प्रदेश सरकारले राहत सामग्री वितरण गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?