News Summary
Generated by OK AI. Editorially reviewed.- गृहमन्त्री सुधन गुरुङले गोरखास्थित बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालयको स्थलगत अनुगमन गरेका छन् ।
- मन्त्री गुरुङले कार्यालयका अधिकारीहरूसँग छलफल गर्दै आयोजनाको पछिल्लो अवस्था र कार्यप्रगतिबारे जानकारी लिएका छन् ।
- उनले आयोजना र स्थानीय स्तरमा देखिएका समस्याबारे नजिकबाट बुझ्ने प्रयास गरेको मन्त्रीको सचिवालयले जनाएको छ ।
१ भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालयमा पुगेर कार्यालयको गतिविधि तथा आयोजनासम्बन्धी विषयमा जानकारी लिएका छन् ।
गण्डकी गाउँपालिका–१, भिम्चुलिनार, गोरखास्थित फिल्ड कार्यालयमा पुगेर मन्त्री गुरुङले सम्बन्धित अधिकारीहरूसँग प्रत्यक्ष रूपमा जानकारी लिँदै आयोजनाको अवस्था र कार्यालयबाट भइरहेका कामबारे जानकारी लिएका हुन् ।
गृहमन्त्री गुरुङले स्थलगत रूपमा कार्यालयको अनुगमन गर्दै आयोजना तथा स्थानीयस्तरमा देखिएका विषयलाई नजिकबाट बुझ्ने प्रयास गरेको गुरुङको सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4