News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले पार्टीका शीर्ष नेताहरूलाई समेट्ने शर्तमा गगन थापालाई सभापति मान्न तयार रहेको बताए।
- डा.कोइरालाले पार्टीभित्रको विवाद मिलाउन आफू प्रयत्नशील रहेको र पूर्व सभापति देउवा तथा सभापति थापाबीचको दूरी घटाउन पहल गरिरहेको उल्लेख गरे।
१ भदौ, काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर समूहका संयोजक नेता डा.शशांक कोइरालाले शीर्ष नेताहरूलाई पनि समेटेको अवस्थामा सभापति गगन थापालाई स्वीकार्न तयार रहेको बताएका छन् ।
नेता कोइरालाले चुनदेवीस्थित संस्थापनइतरको सम्पर्क कार्यालय अघि पत्रकारसँग कुरा गर्दै शीर्ष तहका नेताहरुलाई पनि समेट्न आग्रह गरेका छन्। कोइरालाले भने, ‘सिनियर मान्छेलाई राख्नुपर्यो छुटाउनु भएन। सभापति गगन थापाजी तपाईं नै बस्नुस् । तर, अरु साथीहरुलाई समेट्नुस् न। केही पनि नमाने त हामीले के गर्नसक्छौं ।’ सभापतिमा गगन थापा मान्न तयार हो भनि पत्रकारले दोहोर्याएर सोधेको प्रश्नमा कोइरालाले थपे,‘सभापति गगन थापालाई नै मान्न हामी तयार छौं।’
दुई पक्षमा रहेको विवाद मिलाएर सहमति खोज्न आफू प्रयत्नशील रहेको कोइरालाले बताए। पूर्व सभापति देउवा र सभापति थापाको दूरी घटाउन पहल गरिरहेको उनले बताए। सभापति थापासँग पटक पटक संवाद गरेको कोइरालाले जानकारी गराए। भेटको क्रममा आफूलाई तान्ने प्रयास गरिएको तर एक्लै नजाने अडान लिएको बताए। ‘कोइरालाले भने,‘त्यो बुझिसकेपछि भने हेर्नुस् मलाई तानेर हुँदैन। म जाँदै जान्न्। मलाई तान्नु छ भने सबैलाई तान्नुपर्यो।’
पार्टीभित्र पदका लागि नै लडाई भइरहेको बताउँदै कोइरालाले दुबै पक्षले स्पष्ट भन्नसक्नुपर्ने बताए । ‘हृदय क्लियर गरेर भन्न सक्नु पर्यो नि। दुबै पक्षले भन्न सक्नुपर्यो। हामीलाई के चाहिन्छ भनेर। चाहिने त त्यही पद हो। अरु के चाहिने हो र। पद नचाहिएको भए यत्रो लडाई किन हुन्थ्यो?’ कोइरालाले भने।
प्रतिक्रिया 4