+
+
Shares

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा सगुन पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते १९:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनस्वास्थ्य विज्ञ सगुन पौडेल नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा नियुक्त भएका छन् ।
  • पौडेलसँग स्वास्थ्य क्षेत्रमा १३ वर्षभन्दा बढीको अनुभव छ र उनले मन्त्रालय तथा विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थामा काम गरेका छन् ।
  • पौडेलले लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिन, लन्डन स्कुल अफ इकोनोमिक्स र गाड्जाह माडा विश्वविद्यालयबाट जनस्वास्थ्य तथा स्वास्थ्य नीति अध्ययन गरेका छन् ।

२ भदौ, काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ तथा स्वास्थ्य नीति र स्वास्थ्य प्रणालीका विशेषज्ञ सगुन पौडेल नियुक्त भएका छन् ।

नेपालको स्वास्थ्य क्षेत्रमा १३ वर्षभन्दा बढीको अनुभव छ ।  पौडेलले समुदायस्तरका स्वास्थ्य संस्थादेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा प्राविधिक एवं नेतृत्वदायी भूमिकामा काम गरेका छन् ।

उनले विश्व स्वास्थ्य संगठन नेपाल, आरटीआई इन्टरनेसनल, अन्तर्राष्ट्रिय रेडक्रस तथा क्यानडियन रेडक्रस, यूएस फार्माकोपिया र क्राउन एजेन्ट्सलगायतका संस्थामा विभिन्न प्राविधिक तथा नेतृत्वदायी भूमिकामा काम गरेका छन् ।

स्वास्थ्य प्रणाली सुदृढीकरण, स्वास्थ्य नीति तथा योजना, स्वास्थ्य क्षेत्रको वित्तीय व्यवस्थापन, स्वास्थ्य जनशक्ति विकास तथा कार्यान्वयन अनुसन्धान उनको प्रमुख कार्यक्षेत्र हुन् ।

शैक्षिक रूपमा पौडेलले बेलायतको लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिन तथा लन्डन स्कुल अफ इकोनोमिक्स बाट स्वास्थ्य नीति, योजना तथा वित्तसम्बन्धी स्नातकोत्तर अध्ययन गरेका छन् ।

इन्डोनेसियाको योग्याकार्तास्थित गाड्जाह माडा विश्वविद्यालयको चिकित्सा, जनस्वास्थ्य तथा नर्सिङ संकायबाट सन् २०१९ मा जनस्वास्थ्यमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । पोखरा विश्वविद्यालयबाट जनस्वास्थ्यमा स्नातक गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?