+
+
Shares

कोलकाताको होटलमा आगलागी, ९ जनाको मृत्यु

भारतको कोलकातास्थित एक होटलमा बुधबार बिहान भीषण आगलागी हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ । मृतकहरू बंगलादेशी नागरिक रहेको बताइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते ९:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोलकाताको मिर्जा गालिब स्ट्रिटस्थित होटलमा बुधबार बिहान करिब २ बजे आगलागी हुँदा कम्तीमा ९ जनाको मृत्यु र ६ जना गम्भीर घाइते भएका छन्।
  • मृतकमध्ये ९ जना बंगलादेशी नागरिक रहेको प्रारम्भिक जानकारी छ, र उनीहरू उपचारका लागि कोलकाता आएको बताइएको छ।
  • प्रहरी र दमकलको टोलीले आगो नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ, तर आगलागीको कारण अहिलेसम्म खुलेको छैन।

३ भदौ, काठमाडौं । भारतको कोलकातामा बुधबार बिहान एक होटलमा भीषण आगलागी हुँदा ठूलो मानवीय क्षति भएको छ । आगलागीमा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् ।

भारतीय मिडियाहरुका अनुसार आगलागी कोलकाताको मिर्जा गालिब स्ट्रिटस्थित एक होटलमा आज बिहान करिब २ बजे भएको हो । अधिकांश मानिसहरू सुतिरहेका बेलो होटलमा आगलागी भएको थियो ।

आगलागीमा मृत्यु भएका ९ जना बंगलादेशी नागरिक रहेको र उनीहरू उपचारका लागि कोलकाता आएको प्रारम्भिक जानकारी छ ।

आगोबाट बाक्लो धुवाँ र लप्का निस्किएपछि होटल परिसरमा भागदौड मच्चिएको थियो । आगो केही समयमै तीव्र रूपमा फैलिएको थियो ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी र दमकलका कैयौँ गाडी घटनास्थलमा पुगेका थिए । त्यसपछि उद्धार तथा राहतको काम सुरु गरिएको थियो ।

बाक्लो धुवाँका कारण दमकलकर्मीलाई आगो नियन्त्रणमा लिन कठिनाइ भएको थियो । धुवाँका कारण होटलका माथिल्ला तलामा पुग्नसमेत समस्या भएको थियो । लामो प्रयासपछि दमकल टोलीले आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको छ ।

आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । प्रहरीले फरेन्सिक टोलीको सहयोगमा घटनाको अनुसन्धान सुरु गरेको छ ।

यसअघि सोमबार पनि भारतको पश्चिम बंगालस्थित बीरभूम जिल्लामा चारतले होटलमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?