News Summary
Generated by OK AI. Editorially reviewed.- भारतको कोलकाता बन्दरगाहबाट पहिलोपटक कार्गो रेल कच्चा पदार्थ बोकेर सोमबार विराटनगर कस्टम यार्ड आइपुगेको छ ।
- नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने सामान अब भारतीय रेलमार्फत सिधै विराटनगर भन्सारसम्म ल्याउन बाटो खुलेको छ ।
- पछिल्लो नीतिगत समन्वयपछि कोलकाताबाट विराटनगरसम्म नियमित रूपमा मालसामान ढुवानी गर्ने व्यवस्था कार्यान्वयनमा आएको छ ।
४ साउन, विराटनगर । भारतको कोलकाता बन्दरगाहबाट पहिलोपटक विराटनगरका लागि छुटेको कार्गाे रेल आइपुगेको छ । शुक्रबार कोलकाताबाट कच्चा पदार्थ बोकेको रेल सोमबार दिउँसो विराटनगर कस्टर्म यार्ड आइपुगेको हो ।
पहिलो पटक आएको कार्गाेमा स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ छन् ।
नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने सामान अब भारतीय रेलमार्फत सिधै विराटनगर भन्सार कार्यालयसम्म ल्याउन सकिने व्यवस्था कार्यान्वयनमा आएपछि पूर्वी नेपालका उद्योग–व्यवसायीले राहत महसुस गरेका छन् ।

कार्गो रेल सेवाको शुभारम्भ कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, कोलकाता भन्सार, कोलकाता पोर्ट तथा भारतीय कन्टेनर निगम लिमिटेड (कोनकोर)का अधिकारीहरूले संयुक्त रूपमा हरियो झन्डा देखाएर गरेका थिए । विराटनगरमा भन्सार कार्यालयका कर्मचारी र व्यापारीले रेलको स्वागत गरे ।
यसअघि भारतको बथनाहादेखि विराटनगर कस्टम यार्डसम्म कार्गो रेल सेवाको उद्घाटन भए पनि सेवा नियमित हुन सकेको थिएन । २०८० जेठमा एउटा रेल आएपछि सेवा रोकिएको थियो । पछिल्लो नीतिगत व्यवस्था र आवश्यक प्रक्रियागत समन्वय पूरा भएपछि भने कोलकाता बन्दरगाहबाट विराटनगरसम्म नियमित रेलमार्फत माल सामान ढुवानी गर्ने बाटो खुलेको हो ।





प्रतिक्रिया 4