+
+
Shares

मध्यपहाडी राजमार्गको अछाम खण्डका अनधिकृत संरचना हटाउन १५ दिने ताकेता

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते १७:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सडक विभागले मध्यपहाडी राजमार्गअन्तर्गत अछाम डिभिजन क्षेत्रको सडक सीमा भित्रका अनधिकृत संरचना १५ दिनभित्र हटाउन समय सीमा तोकेको छ।
  • कार्यालयले बेलखेत–विनायक–मंगलसेन–बयलपाटा–साँफेबगर सडक खण्डमा रहेका अतिक्रमणले यातायात आवागमन र सडक सुरक्षामा असर परेको जनाएको छ।
  • तोकिएको समयभित्र संरचना नहटाए कार्यालयले आफैं हटाई लागेको खर्च सम्बन्धित व्यक्ति र संस्थाबाट असुल गर्ने जनाएको छ।

३ भदौ, काठमाडौं । सडक विभागले मध्यपहाडी राजमार्गको अछाम डिभिजन अन्तर्गतको कार्य क्षेत्रमा पर्ने सडकको अतिक्रमण १५ दिन भित्र हटाउन समय सीमा तोकेको छ ।

बुधबार एक सूचना प्रकाशित गर्दै कार्यालयले सडक सीमाभित्र रहेका अनधिकृत संरचना हटाउन भनेको हो । मध्यपहाडी राजमार्ग, बेलखेत–विनायक–मंगलसेन–बयलपाटा–साँफेबगर सडक खण्डको सडक सीमा भित्रका अतिक्रमिक संरचनना हटाउन यो समय सीमा दिइएको हो ।

सडक अतिक्रमणमा पर्दा यातायात आवागमनमा असर पुग्नुका साथै सडक सुरक्षामा समेत गम्भीर असर परेको सूचनामा उल्लेख छ । तोकिएको समय भित्र संरचना नहटाएर कार्यालयले संरचना हटाउने र त्यसमा लागेको खर्च सम्बन्धित व्यक्ति र संस्थाबाट असुल उपर गर्ने समेत कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?