+
+
Shares

टिकटकले १.५ करोड प्रयोगकर्ताको सेक्युरिटी फिचर बन्द गरेको हो ?

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ५ गते ७:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाका दुई सिनेटरले १ करोड ५० लाख अमेरिकी प्रयोगकर्तामा सेक्युरिटी फिचर बन्द गरी गरिएको टिकटक परीक्षणबारे जवाफ मागेका छन् ।
  • सिनेटरहरूले टिकटकका प्रमुख शोउ च्यू र एडम प्रेसरलाई पत्र लेखेर कम्पनीको निर्णयलाई निकै गैरजिम्मेवारपूर्ण भनेका छन् ।
  • टिकटकले उदासी, आत्महत्या र एक्लोपनसम्बन्धी भिडियो कम देखाउने फिचर बन्द गर्दा १६ वर्षीय चेस नास्काको पनि परीक्षण समूहमा राखिएको थियो ।

अमेरिकाका दुई सिनेटरले टिकटकले १ करोड ५० लाख अमेरिकी प्रयोगकर्ताको सेक्युरिटी फिचर बन्द गरेर परीक्षण गरेको विषयमा जवाफ माग गरेका छन् ।

उक्त फिचर बन्द भएकामध्ये एक १६ वर्षीय किशोरले पछि आत्महत्या गरेपछि टिकटकमाथि थप प्रश्न उठेको हो ।

सिनेटर मार्सा ब्ल्याकबर्न र रिचर्ड ब्लुमेन्थलले टिकटकका प्रमुख शोउ च्यू र अमेरिकामा कम्पनीको काम हेर्ने प्रमुख एडम प्रेसरलाई पत्र पठाएका छन् । उनीहरूले कम्पनीको यो निर्णयलाई निकै गैरजिम्मेवारपूर्ण भनेका छन् ।

ब्लुमबर्गका अनुसार टिकटकले अमेरिकाका १० प्रतिशत प्रयोगकर्ताका लागि एउटा सेक्युरिटी फिचर जानाजानी बन्द गरेको थियो । बन्द गरिएको भनिएको यो फिचरले उदासी, आत्महत्या र एक्लोपनजस्ता मानसिक असर पार्न सक्ने भिडियो धेरै नदेखियोस् भनेर काम गर्थ्यो ।

टिकटकले यो फिचर हुँदा मानिसले एप कम चलाउँछन् कि चलाउँदैनन् भन्ने बुझ्न परीक्षण गरेको बताइएको छ । त्यसका लागि केही प्रयोगकर्तालाई छुट्टै परीक्षण समूहमा राखिएको थियो ।

उक्त समूहमा १६ वर्षीय चेस नास्का पनि थिए । उनको टिकटकमा उदासी, आत्महत्या र एक्लोपनसम्बन्धी हजारौं भिडियो देखाइएको आरोप छ । पछि उनले आत्महत्या गरेका थिए ।

यही विषयलाई लिएर सिनेटरहरूले टिकटकसँग १३ वटा प्रश्नको जवाफ मागेका छन् । उनीहरूले परीक्षणबारे थाहा पाएका कर्मचारीको नाम, नाबालिगलाई किन परीक्षणमा राखियो र अमेरिकामा यसअघि सेक्युरिटी फिचर बन्द गरिएका वा ढिला लागू गरिएका अन्य सबै परीक्षणको विवरण मागेका छन् ।

टिकटकलाई सेप्टेम्बर १ भित्र जवाफ दिन समय दिइएको छ । कम्पनीले भने यस विषयमा तत्काल प्रतिक्रिया दिएको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?