+
+
Shares

आजदेखि जमलमा तीनदिने लोकदोहोरी मेला आयोजना हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ५ गते १३:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जमलस्थित टप दरबार रोधी क्लबमा आजदेखि ३ दिने लोकदोहोरी मेला शुरू हुँदैछ ।
  • ७ भदौसम्म चल्ने मेलामा ६० कलाकारले लाइभ प्रस्तुति दिने जनाइएको छ ।
  • सञ्चालक अशोक गिरीले नयाँ र स्थापित पुस्ताका कलाकारलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले मेला आयोजना गरिएको बताए ।

काठमाडौं । जमलस्थित टप दरबार रोधी क्लबमा आजदेखि ३ दिने ‘लोकदोहोरी मेला’ आयोजना हुने भएको छ । कार्यक्रममा लोकसंगीत र फिल्म क्षेत्रका कलाकार सहभागी हुने जनाइएको छ ।

७ भदौसम्म चल्ने मेलाको पहिलो दिन भुवन केसी, दिनेश डीसी, दुर्गेश थापा, नीर शाह, शिव श्रेष्ठ, ज्योति मगर, कृष्ण कँडेल, दुर्गा रायमाझी, नारायण रायमाझी, रीता थापा, प्रेम लोचन, सम्झना लामिछाने, सुरेश अधिकारी, पुष्कल शर्मा, चन्द्र शर्मा लगायतको सहभागिता हुने जनाइएको छ ।

सो अवसरमा कलाकारले लाइभ प्रस्तुति पनि दिने भएका छन् । कुल ६० जना कलाकारले प्रस्तुति दिने प्रेषित विवरणमा उल्लेख छ । सञ्चालक अशोक गिरीले आफूले करिब २५ वर्षदेखि दोहोरी तथा रोधी क्षेत्रमै काम गर्दै आएको उल्लेख गर्दै नयाँ तथा स्थापित दुवै पुस्ताका कलाकारलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले मेला आयोजना गरिएको बताए ।

उनका अनुसार रोधीलाई नेपाली लोकसंगीत, कलाकार र दर्शकबीचको साझा गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । ‘रोधी भनेको मनोरञ्जन गर्ने ठाउँ मात्र होइन, हाम्रो लोकसंस्कृति र संगीतसँग जोडिएको एउटा परम्परा पनि हो । त्यसैले यसलाई व्यवस्थित, सभ्य र पारिवारिक वातावरणमा अगाडि बढाउनुपर्छ भन्ने हाम्रो सोच हो,’ गिरीले भने ।

मेला प्रत्येक दिन साँझ ७ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन हुने जनाइएको छ । कार्यक्रम काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?