News Summary
Generated by OK AI. Editorially reviewed.- सगरमाथा आरोही संघले रजत महोत्सवका अवसरमा अनलाइनखबरका अच्युत पुरीसहित ६ पत्रकारलाई सम्मान गरेको छ।
- सम्मानित हुने अन्य पत्रकारमा राससका सीबी अधिकारी, नेपाल टेलिभिजनका देवीप्रसाद सापकोटा, द हिमालयन टाइम्सका राजन पोखरेल, द एभरेस्ट न्युजका फुर्वा शेर्पा र कल्पना मर्हजन छन्।
- संघले पत्रकारितामार्फत हिमाल आरोहणको प्रवद्र्धनमा योगदान गरेका व्यक्तिलाई सम्मान गरेको हो।
७ भदौ, काठमाडौं । अनलाइनखबरकर्मी अच्युत पुरीसहित ६ पत्रकार सम्मानित भएका छन् ।
सगरमाथा आरोही संघले रजत महोत्सवका अवसरमा सगरमाथा आरोहणको क्षेत्रमा योगदान गरेका विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरेको हो ।
पत्रकारिताको माध्यमबाट हिमाल आरोहणको प्रवर्द्धनमा योगदान गरेका ६ पत्रकारहरूलाई संघले सम्मान गरेको छ।
सम्मानित हुने अन्य पत्रकारमा राससका सीबी अधिकारी, नेपाल टेलिभिजनका देवीप्रसाद सापकोटा, द हिमालयन टाइम्सका राजन पोखरेल, द एभरेस्ट न्युजका फुर्वा शेर्पा र सगरमाथा आरोही तथा पत्रकार कल्पना मर्हजन छन् ।
सगरमाथा आरोही संघ सगरमाथा आरोहण गर्ने आरोहीहरूको छाता संगठन हो । अहिलेसम्म १४ हजार भन्दा धेरै आरोहीले सगरमाथाको आरोहण गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4