+
+
Shares

अस्ट्रेलियामा आवास संकट : औसत आम्दानीको आधाभन्दा बढी भाडामै खर्च

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ९ गते १०:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एभ्रिबडिज होमको प्रतिवेदनअनुसार अस्ट्रेलियाका सबै राजधानी सहरमा एउटा युनिट भाडामा लिन औसत आम्दानीको ५० प्रतिशतभन्दा बढी खर्च हुन्छ।
  • वार्षिक ७० हजार अस्ट्रेलियाली डलर कमाउनेले औसत भाडा तिर्न ५६ प्रतिशत, ४० हजार कमाउनेले ८९ प्रतिशत र १ लाख कमाउनेले ४१ प्रतिशत आम्दानी छुट्याउनुपर्छ।
  • माई अजिजले सरकारले सार्वजनिक र सामुदायिक आवास निर्माणबाट पछि हटेकाले गम्भीर आवास संकट भएको बताउँदै आगामी १५ वर्षमा करिब १० लाख घर आवश्यक पर्ने उल्लेख गरिन्।

९ भाद्र, काठमाडौं । अस्ट्रेलिया सबै मुख्य शहरमा औसत आम्दानी गर्ने व्यक्तिले आफ्नो आयको आधाभन्दा बढी हिस्सा घरभाडामै खर्च गर्नुपर्ने अवस्था रहेको एक प्रतिवेदनले देखाएको छ।

सोमबार सार्वजनिक एभ्रिबडिज होम नामक आवास वकालत समूहको प्रतिवेदनअनुसार अस्ट्रेलियाका सबै राजधानी सहरमा एउटा युनिट भाडामा लिन राष्ट्रिय औसत आम्दानीको ५० प्रतिशतभन्दा बढी खर्च हुन्छ।

प्रतिवेदनअनुसार वार्षिक ७० हजार अस्ट्रेलियाली डलर आम्दानी गर्ने व्यक्तिले राष्ट्रिय औसत भाडा तिर्न आफ्नो आयको ५६ प्रतिशत खर्च गर्नुपर्ने अवस्था छ।

वार्षिक ४० हजार डलर कमाउने व्यक्तिको हकमा आवास खर्च कुल आम्दानीको ८९ प्रतिशतसम्म पुग्छ। त्यस्तै, वार्षिक १ लाख डलर आम्दानी गर्ने व्यक्तिले पनि कमाइको ४१ प्रतिशत भाडाका लागि छुट्याउनुपर्छ।

अस्ट्रेलियाका आठवटै राजधानी शहरमा औसत आम्दानी गर्ने कर्मचारीले युनिटको औसत भाडा तिर्न आफ्नो आयको कम्तीमा ५१ प्रतिशत खर्च गर्नुपर्ने प्रतिवेदनको निष्कर्ष छ।

सिड्नीमा भने अवस्था अझ कठिन छ। वार्षिक ७० हजार अष्ट्रेलियाली डलर कमाउने व्यक्तिले आफ्नो आम्दानीको ६९ प्रतिशत हिस्सा साप्ताहिक घरभाडामै खर्च गर्नुपर्ने प्रतिवेदनले जनाएको छ। यो अनुपात अन्य सबै प्रमुख सहरको तुलनामा बढी हो।

अस्ट्रेलियाली तथ्यांक विभागका अनुसार अगस्ट २०२५ सम्म अस्ट्रेलियामा कर्मचारीको औसत वार्षिक तलब ७४ हजार १०० अस्ट्रेलियाली डलर थियो।

आवास वकालत समूहकी प्रतिनिधि माई अजिजले सरकार सार्वजनिक तथा सामुदायिक आवास निर्माणबाट पछि हटेकाले देशमा गम्भीर आवास संकट उत्पन्न भएको बताइन्।

उनका अनुसार संघीय सरकारले ठूलो संख्यामा सार्वजनिक र सामुदायिक आवास निर्माण गर्न आवश्यक छ। आगामी १५ वर्षभित्र अस्ट्रेलियालाई करिब १० लाख यस्ता घर आवश्यक पर्ने उनको भनाइ छ।

-सिन्ह्वाको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?