+
+
Shares

एमाले कार्यदल प्रतिवेदन : विशेष महाधिवेशनको मागलाई अनुशासनहीन भन्न मिल्दैन

नेकपा एमाले पुनर्गठन सुझाव कार्यदलको प्रतिवेदनले पार्टीभित्र विशेष महाधिवेशनको माग उठ्नुलाई अराजकता र अनुशासनहीन भन्न नमिल्ने तर्क गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ९ गते १८:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले पुनर्गठन सुझाव कार्यदलको प्रतिवेदनले विशेष महाधिवेशनको मागलाई अनुशासनहीन वा अराजक भन्न नमिल्ने तर्क गरेको छ।
  • प्रतिवेदनले पार्टी नेतृत्व आफैँले अग्रसरता नलिए विधानअनुसार विशेष महाधिवेशन बोलाउन सकिने व्यवस्था रहेको उल्लेख गरेको छ।
  • कार्यदलले नेतृत्वले कार्यकर्ताको भावना बुझेर निर्णय लिन उचित हुने सुझाव दिएको छ।

९ भदौ, काठमाडौं । नेकपा एमाले पुनर्गठन सुझाव कार्यदलको प्रतिवेदनले पार्टीभित्र विशेष महाधिवेशनको माग उठ्नुलाई अराजकता र अनुशासनहीन भन्न नमिल्ने तर्क गरेको छ ।

पार्टी पुनर्गठनका निम्ति नेतृत्व आफैले अग्रसरता नलिदा विशेष महाधिवेशन बोलाउन सकिने विधानमै व्यवस्था रहेको प्रतिवेदनमा भनिएको छ । ‘विशेष महाधिवेशन एकप्रकारले नेतृत्वको चाहना बिपरीत आयोजना हुने वैधानिक व्यवस्था हो,’ प्रतिवेदनमा लेखिएको छ, ‘यस प्रकारको वैधानिक व्यवस्थाको प्रयोग अपवाद बाहेकको अवस्थामा गर्नु उचित हुँदैन ।’

तर विधानमै भएको व्यवस्थाको माग गर्द अनुशासनहीन र अराजक भन्न नमिल्ने तर्क पनि प्रतिवेदनमै लेखिएको छ । ‘यद्यपि पार्टी विधानले गरेको व्यवस्था भएको हुँदा यी दुवै अवस्थालाई अनुशासनहीनता र अराजकताको विषयका रुपमा लिन भने मिल्दैन ।’

यस्तो अवस्थामा नेतृत्व आफैले कार्यकर्ताको भावना बुझेर निर्णय लिन उचित हुने सुझाव दिइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?