+
+
Shares

रसुवागढी भन्सारको संरचनामा पूर्ण क्षति, विवरण संकलन गरिँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते ११:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तिब्बतबाट आएको अप्रत्यासित बाढीले रसुवागढी भन्सारको संरचनामा पूर्ण क्षति पुर्‍याएको अर्थ मन्त्रालयले जनाएको छ ।
  • रसुवागढी भन्सारमा ३६ जनाको दरबन्दीमध्ये २ जना बिदामा रहेको र कर्मचारीसँग सम्पर्क गर्ने काम भइरहेको सचिवालयले जनाएको छ ।
  • भन्सारको यार्डमा रहेका सबै सवारी साधन बाढीले बगाएको छ ।

१० भदौ, काठमाडौं । तिब्बतबाट आएको अप्रत्यासित बाढीले रसुवागढी भन्सारको संरचनामा पूर्ण क्षति भएको पाइएको छ ।

अर्थ मन्त्रालयका अनुसार अहिले कर्मचारीहरूसँग सम्पर्क गर्ने काम भइरहेको छ । धेरै कर्मचारी आफ्नो फोन र सामानहरु छाडेर भागेका छन् । जसले गर्दा सबै विवरण संकलन हुन समय लाग्ने अर्थ मन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार रसुवागढी भन्सारमा ३६ जनाको दरवन्दी थियो । जसमध्ये २ जना बिदामा थिए । रसुवागढी भन्सारको यार्डमा रहेका सबै सवारी साधन बगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?