News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवामा आएको बाढीबारे छलफल गर्न प्रधानमन्त्री बालेन शाहले बोलाएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक सिंहदरबारमा सकिएको छ।
- बैठकमा बाढीले पुर्याएको क्षतिको विवरणबारे ब्रिफिङ भएको र प्रधानमन्त्री शाहले आगामी कदमबारे सरोकारवालालाई निर्देशन दिएका छन्।
- प्रधानमन्त्रीले बाढीग्रस्त क्षेत्रमा प्रभावित नागरिकको उद्धार, खोज र राहतमा सबैलाई आआफ्नो ठाउँबाट खटिन अनुरोध गरेका छन्।
१० भदौ, काठमाडौं । रसुवामा गएको बाढीको विषयमा छलफल गर्न प्रधानमन्त्री बालेन शाहले बोलाएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक सकिएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा बाढीले अहिलेसम्म पुर्याएको क्षतिको विवरणबारे ब्रिफिङ भएको छ ।
बैठकमा प्रधानमन्त्री शाहले आगामी कदमबारे सरोकारवाला सबैलाई निर्देशन दिएका छन् ।
यो विपद्को क्षणमा सबैलाई आआफ्नो ठाउँबाट बाढीग्रस्त क्षेत्रमा प्रभावित नागरिकको उद्धार, खोज र राहतमा खटिन प्रधानमन्त्रीले अनुरोध गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4