+
+
Shares

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

रसुवा बाढीपछि नेपाल प्रहरीका ३२ र सशस्त्र प्रहरीका ९ गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १३:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको बाढीमा नेपाल प्रहरीका ३२ र सशस्त्र प्रहरीका ९ गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन् ।
  • नेपाल प्रहरीका डीआईजी अबि नारायण काफ्लेले केही सम्पर्कमा आएको र केही आउने क्रममा रहेको बताए ।
  • टिमुरे, स्याफ्रुवेशी, रसुवागढी र मैलुङस्थित प्रहरी कार्यालयमा क्षति भएको छ ।

१० भदौ, काठमाडौं । रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन् ।

नेपाल प्रहरीका ३२ र सशस्त्र प्रहरीका ९ गरी कुल ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका हुन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेका अनुसार अहिलेसम्म ३२ प्रहरी सम्पर्कविहीन भएका छन् ।

‘केही सम्पर्कमा आएका छन् । केही आउने क्रममै होलान्, अहिलेसम्म ३२ जना सम्पर्कविहीन छन्’ प्रवक्ता काफ्लेले अनलाइनखबरसँग भने ।

उनका अनुसार इलाका प्रहरी कार्यालय टिमुरे, स्याफ्रुवेशी प्रहरी चौकी, रसुवागढी र मैलुङ प्रहरी कार्यालयमा क्षति भएको छ ।

त्यसैगरी सशस्त्र प्रहरीका पनि ९ जना सम्पर्कविहीन भएका छन् । बीओपी टिमुरेमा कार्यरत ९ जना अहिलेसम्म सम्पर्कमा नआएको सशस्त्र प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?