News Summary
Generated by OK AI. Editorially reviewed.- मन्दिरमा पूजा, रक्षाबन्धन, जनै फेर्न र कुण्ड–धारामा स्नान गर्न भक्तजन लाइनमा छन् भने प्रहरी सुरक्षा र लाइन व्यवस्थापनमा खटिएको छ।
१२ भदौ, काठमाडौं । आज जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व मनाइँदै छ । यस पर्वमा हरेक वर्ष पाटनस्थित कुम्भेश्वर मन्दिरमा मेला लाग्ने गर्छ । आज पनि कुम्भेश्वर मन्दिर परिसरमा जनैपूर्णिमा मनाउन भक्तजनहरूको घुइँचो छ ।

कोही मन्दिरमा पूजा गर्न लाइन लागेका छन् भने कोही रक्षाबन्धन बाँधिरहेका छन् । मन्दिर परिसरमा जनै फेर्नेहरूको पनि उत्तिकै चहलपहल छ । भक्तजनरू कुण्ड र धारामा नुहाइरहेका देखिन्छन् । केही युवाहरू मन्दिर परिसरमा रहेको तलाउमा डाइभ हान्दै पौडी खेलेर रमाइरहेका छन् ।

सुरक्षा तथा लाइन व्यवस्थापनका लागि प्रहरी खटिएको छ ।
.कुम्भेश्वर मन्दिर परिसरमा रहेको कुण्डमा भगवान् श्रीरामले बाण प्रहार गरी गोसाइँकुण्डको पानी निकालेको भन्ने धार्मिक मान्यता छ । यही विश्वासका कारण जनैपूर्णिमाका दिन कुम्भेश्वरमा स्नान गर्न देशका विभिन्न स्थानबाट भक्तजन आउने गर्छन् ।


प्रतिक्रिया 4