+
+
Shares

वैकल्पिक मार्गबाट जोडियो धादिङबेसी पुग्ने सडक, कुन रुट प्रयोग गर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १४ गते १३:३७
संघीय सडक सुपरिवेक्षण कार्यालय काठमाडौंका प्रमुख सञ्जय नेपाल ।
Listen News
0:00
0:00
🔊

१४ भदौ, काठमाडौं । रसुवा बाढीले धादिङको सदरमुकाम धादिङबेसी जोड्ने फुर्केखोला पुल बगाएपछि अवरुद्ध बनेको सडक सम्पर्क वैकल्पिक मार्गबाट जोडिएको छ ।

फुर्केखोलाको पुल बगाएपछि मासटार–क्युरिनटार हुँदै त्रिशुली नदीको दायाँ किनाराबाट धादिङबेसी जोड्ने वैकल्पिक सडक सञ्चालनमा ल्याइएको हो ।

संघीय सडक सुपरिवेक्षण कार्यालय काठमाडौंका प्रमुख सञ्जय नेपालका अनुसार बाढीले फुर्के खोलाको पुल ‘वास आउट’ भएपछि धादिङ सदरमुकामसँगको सडक सम्पर्क बिच्छेद भएको थियो ।

त्यसपछि मासटारबाट क्युरिनटार हुँदै त्रिशूली नदीमा रहेको पुल प्रयोग गरी दायाँ किनारबाट धादिङबेसी जोड्ने सडक खुलाएको उनले जानकारी दिए ।

‘बाढीले धादिङबेसी जोड्ने फुर्के खोलाको पुल बगाएपछि धादिङ सदरमुकामसँगको हाम्रो सडक सम्पर्क विच्छेद भएको अवस्था थियो । त्यसपछि धादिङबेसीलाई वैकल्पिक रूपमा जोड्नका लागि मासटारबाट क्युरिनटार हुँदै त्रिशूली नदीमा रहेको पुल प्रयोग गरेर राइट (दायाँ) तर्फबाट बाटो सञ्चालन गर्ने प्रयास गरिरहेका छौं,’ उनले भने ।

उनका अनुसार हाल साना सवारी साधनहरू धादिङबेसीसम्म सञ्चालन हुन थालेका छन् । ठूला सवारीसधान सञ्चालनको लागी भने सडकलाई सहज बनाउन बाढीबाट क्षति पुगेका तथा लेदो र हिलो भरिएका खण्डमा ग्राभेल राख्ने काम भइरहेको उनले जानकारी दिए ।

‘अहिले मोटामोटी रूपमा काम सम्पन्न भइसकेको छ, मेसिनहरू शुक्राबार देखि नै परिचालन गरिएका थिए । अहिले साना सवारीसाधनहरू यही बाटो हुँदै धादिङबेसीसम्म पुग्न सक्ने गरी सडक सम्पर्क स्थापित भइसकेको छ । यसलाई अझ सहज बनाउने प्रयास भइरहेको छ,’ उनले थप बताए ।

खोल्सी तथा पानी बग्ने स्थानमा ढुंगा मिलाएर सवारीसाधन पार गर्न सकिने बनाइएको उनको भनाइ छ । केही खण्डमा सडक सामान्य अवस्थामा रहेपनि बाढीले वास आउट गरेका स्थानमा भने सवारी सञ्चालनमा कठिनाइ रहेको पनि उनले बताए ।

‘अप्ठ्यारा खण्डहरूमा समेत ग्राभेल राखेर साना सवारीसाधनका लागि सहज हुने गरी काम अगाडि बढाइरहेका छौं । खोला भएका स्थानमा कल्भर्ट बनाउनुपर्ने अवस्था भएमा ढुङ्गा मिलाएर त्यहाँबाट सवारीसाधन सहज रूपमा पार हुने व्यवस्था गरिरहेका छौं,’ उनले भने, ‘केही स्थानमा ग्राभेल आवश्यक पर्ने देखिएको छ । नजिकै ग्राभेलको स्रोत भेटिएमा त्यसलाई उपयोग गरेर लेदो र हिलो भएका स्थानमा ग्राभेल हाल्दै सवारीसाधनको आवतजावत सहज बनाउने तयारी भइरहेको छ ।’

सडक डिभिजन नुवाकोटका प्राविधिक टोलीसहित दुईवटा मेसिन वैकल्पिक सडक सञ्चालन गर्नको लागी परिचालन गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?