News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले सोमबार बैंक तथा वित्तीय संस्थाबाट ८६ दिनका लागि २० अर्ब रुपैयाँ खिच्ने भएको छ।
- निक्षेप संकलन उपकरणमार्फत हुने यस प्रक्रियामा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन सक्नेछन्।
- न्यूनतम ब्याजदर कबोल गर्ने संस्थालाई प्राथमिकता दिइनेछ र साँवा तथा ब्याज मंसिर ९ गते फिर्ता हुनेछ।
१५ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार बैंक तथा वित्तीय संस्थाबाट करिब ३ महिना अवधिको लागि २० अर्ब रकम खिच्ने भएको छ ।
बैंकले ८६ दिनको लागि निक्षेप संकलन उपकरणमार्फत रकम खिच्न लागेको हो । बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जानेगरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन् ।
न्यूनतम ब्याजदर कबोल गर्ने संस्थालाई प्राथमिकता दिई रकम बाँडफाँट हुने राष्ट्र बैंकले जनाएको छ । बैंकका अनुसार यो रकमको साँवा तथा ब्याज फिर्ता मंसिर ९ गते हुनेछ ।
क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था यसमा सहभागी हुन सक्नेछन् । बैंक तथा वित्तीय संस्थामा पर्याप्त रकम थुप्रिएपछि केन्द्रीय बैंकले रकम खिच्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4