+
+
Shares

रसुवा बाढी : कोशीका २२ जना सम्पर्कमा, १ जनाको मृत्यु

भोटेकोशी नदीमा आएको भिषण बाढीपछिको विपद्का कारण कोशी प्रदेशका १७६ जना सम्पर्कविहीन छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते १४:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी नदीको भिषण बाढीपछि कोशी प्रदेशमा १७६ जना सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
  • सम्पर्कविहीनमध्ये इलाममा एक जनाको शव फेला परेको छ र २२ जना परिवारको सम्पर्कमा आएका छन् ।
  • सोलुखुम्बुमा ४२, ओखलढुङ्गामा २७ र उदयपुरमा २१ जना सम्पर्कविहीन रहेको प्रहरी कार्यालयले जनाएको छ ।

१५ साउन, विराटनगर । भोटेकोशी नदीमा आएको भिषण बाढीपछिको विपद्का कारण कोशी प्रदेशका १७६ जना सम्पर्कविहीन छन्।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशबाट १७६ जना हराइरहेको भन्दै आफन्तले प्रहरीलाई जानकारी गराएका हुन् । सम्पर्कविहीन मध्ये इलाममा एक जनाको शव फेला परेको छ । २२ जना परिवारको सम्पर्कमा आएको कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए । अन्यको अवस्था अझै अज्ञात छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार सोलुखुम्बु जिल्लाका सबैभन्दा धेरै नागरिक सम्पर्कविहीन छन् । सोलुखुम्बुका ४२ जना भोटेकोशी बाढीपछि सम्पर्कविहीन छन् । सोलुबाट एकै परिवारका तीन जनासम्म वेपत्ता छन् । ओखलढुङ्गाबाट २७ जना बेपत्ता छन् । उदयपुरका २१ जना बेपत्ता छन् । प्रहरीका अनुसार सम्पर्कविहीन मध्ये सोलुखुम्बुका ३ जना सम्पर्कमा आएका छन् । ओखलढुंगाका २ जना र उदयपुरका ५ जना सम्पर्कमा आएका छन् ।

सुनसरीबाट २० जना सम्पर्कविहीन छन् । जसमा ५ जना सम्पर्कमा आएका छन् । मोरङका १६ जना भोटेकोशी बाढीपछि सम्पर्कविहीन छन् । झापाबाट १३ जना, इलामबाट १२ जना, खोटाङबाट ११ जना, ताप्लेजुङबाट ५ जना, संखुवासभा र भोजपुरबाट ३–३ जना, धनकुटाबाट २ जना र पाँचथरबाट १ जना सम्पर्कविहीन छन् ।

इलामबाट सम्पर्कविहीन मध्ये २ जना सम्पर्कमा आएका छन् । सन्दकपुर गाउँपालिका ३ का ३५ वर्षीय दिवानन्द सुवेदी(दिवस)को शव भेटिएको छ । उनको शव आफन्तले बुझेर अन्तिम संस्कार गरिसकेको प्रहरीले जनाएको छ । खतिवडाको पहिचान भएपछि पोखरा स्वास्थ विज्ञान प्रतिष्ठनबाट श्रीमती इन्दु सुवेदी र भाइ विशालले शव बुझेका थिए ।

खोटाङका १ जना, ताप्लेजुङका ३ जना, झापाका १ जना परिवारको सम्पर्कमा आएका छन् । प्रदेश प्रहरी प्रवक्ता थापाका अनुसार सम्पर्कविहीन रहेको भन्दै प्रहरीमा निवेदन आउनेक्रम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?