+
+
Shares

काठमाडौंमा यसरी गरियो पहिचान नखुलेका शवको व्यवस्थापन (तस्वीरहरू)

रसुवाको भोटेकोशी बाढीमा मृत्यु भएर पहिचान नखुलेका शवको काठमाडौंमा पनि व्यवस्थापन गरिएको छ ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ भदौ १६ गते १७:५२

१६ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा मृत्यु भएर पहिचान नखुलेका शवको काठमाडौंमा पनि व्यवस्थापन भइरहेकाे छ ।

म‌ंगलबार दिउँसाे काठमाडौंको गोकर्णेश्वरस्थित सरकारी वन क्षेत्रमा केही शव माटोमुनि व्यवस्थापन गरिएका छन् । यसअघि त्यहाँ साेमबार राति पनि ४६ शव व्यवस्थापन गरिएका थिए ।

फिस्लिङदेखि गोलाघाटसम्म संकलन भएर पहिचान नखुलेका शव चितवनमा व्यवस्थापन गरिएको थियो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार दिउँसोसम्म प्राप्त ९८७ शवमध्ये करिब १०० शव काठमाडौं ल्याइएका छन् ।

सरकारले पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ अनुसार शवहरूको जमिनमुनि व्यवस्थापन गरिरहेको छ । निर्देशिकामा संकलित शवको मुचुल्का, शवको प्रारम्भिक पहिचान, थप विधिको प्रयोग गरेर शवको पहिचान, सनाखत, अभिलेखीकरण, संकेत चिह्न राख्नुपर्ने प्रावधान छ ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?