+
+
Shares

भोटेकोशीको बाढीमा मृत्यु भएका ७ जनाको शव पाल्पामा व्यवस्थापन

कमल अधिकारी कमल अधिकारी
२०८३ भदौ १७ गते ९:५२

१७ भदौ, पाल्पा । रसुवाको भोटेकोसीमा आएको बाढीमा परी मृत्यु भएका सातवटा शव तानसेनमा व्यवस्थापन गरिएको छ ।

नवलपुरमा फेला परेर पाल्पा ल्याइएका शवको व्यवस्थापन गरिएको हो । जिल्ला विपद व्यवस्थापन समितिको बैंठकपछि तानसेन-१ गोर्खेकोटस्थित सामुदायिक वनमा ७ जनाको शवको व्यवस्थापन गरिएको हो ।

पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइका अनुसार पाल्पा ल्याइएका पहिचान नभएका ८ शवमध्ये ७ जनाको डीएनए परीक्षण हुलिया लिएर मापदण्ड अनुसार व्यवस्थापन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार एक बालकसहित तीन पुरूष, दुई महिला र एक बालिकाको शव व्यवस्थापन गरिएको हो ।

एक जना महिलाको शव भने पहिचान भएको छ । उनको शव नुवाकोटबाट आएका आफन्तलाई जिम्मा लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?