+
+
Shares

पृथ्वी राजमार्गको परेवाभिरमा खोलियो वैकल्पिक सडक

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते ११:४५

१७ भदौ, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-३ स्थित परेवाभिरमा वैकल्पिक मार्ग खोलिएको छ ।

त्रिशूलीको बाढीको कटानका कारण सडक भासिएको थियो । सडक पूर्णरुपमा अवरुद्ध भएको थियो । हाल सोही ठाउँमा वैकल्पिक ट्रयाक खोलिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

१०० मिटरको नयाँ ट्रयाक खोलिएको छ । उक्त सडकमा सवारी साधन सामान्य सञ्चालन हुन थालेको प्रहरीको भनाइ छ । तर, यो ट्रयाकमा पनि यात्रा गर्न जोखिमपूर्ण रहेको प्रहरीको भनाइ छ ।

यसअघि त्रिशूलीको बाढीका कारण सोही राजमार्गको कृष्णभिरमा सडक भासिँदा सडक पूर्णरूपमा अवरुद्ध बनेको थियो ।

उक्त खण्डमा बाढीले सडक क्षति गरेपछि संघीय राजधानी काठमाडौं आउजाउका लागि विकल्पको रूपमा चितवनको नारायणगढबाट हेटौंडा-काठमाडौंका तीन रुट प्रयोग भएर गाडीहरू सञ्चालन भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?